मुश्लिमसँग प्रधानमन्त्रीले भने– असार ९ को चुनाव प्रभावित हुन सक्छ

‘असार ९ गते रमजान भन्ने कसैलाई हेक्कै भएन’

मुश्लिमसँग प्रधानमन्त्रीले भने– असार ९ को चुनाव प्रभावित हुन सक्छ

काठमाडौं, जेठ १६– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार ९ गते रमजान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का नभएको बताएका छन् । मंगलबार मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई रमजानको हेक्कै नभएकाले भुल भएको स्वीकार गरे ।

मुश्लिम समुदायको मागप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै प्रचण्डले निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय लिइने बताए ।

रमजान पर्व प्रभावित नहुने व्यवस्था गर्न आवश्यक निर्णय गरिने पनि प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए । उनले मनसुनका कारण असार ९ को चुनाव प्रभावित हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे ।

असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिएका थिए । जेठ ३१ को निर्वाचनका कारण सारिएको कक्षा ११ को निर्वाचन पनि असार ९ गते पर्नेबारे पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल