एमाले नेताले भने– सङ्घीयताको सुनिश्चितता हुने गरी बजेट आयो

एमाले नेताले भने– सङ्घीयताको सुनिश्चितता हुने गरी बजेट आयो

काठमाडौँ, जेठ १६– पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताएका छन् ।

रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताए ।

आफनो गाउँघरमा विकास गर्छु भनेर भोट मागेर विजयी भएका स्थानीय तहका पदाधिकारीले विकासको काम गर्दैन भन्ने आफूलाई नलागेको बताउँदै उनेले नेपालमा व्यापार घाटा डरलाग्दो ढङ्गले बढेको र यसलाई सम्बोधन गर्न अव बन्ने सरकारले ध्यान दिनुपर्ने बताए ।

कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनुपर्ने, ठूलठूला उद्योगको स्थापना, राष्ट्रिय गौरवको आयोेजना अगाडि बढाउने राम्रो पक्ष भएको चर्चा गरे ।

यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारले आर्थिक विकासको एजेन्डालाई केन्द्रमा राखेर बजेट ल्याएको बताउँदै नेपालमा पनि सङ्घीय बजेट सुरुवातको दर्ज भएको बताए ।

उनले ऊर्जा क्षेत्रको विकासमा रु ७८ अर्ब छुट्याएको छ, जुन अति राम्रो र महत्वपूर्ण रहेको बताए । पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले संविधानले किटान गरेको समय सीमाभित्र सरकारले बजेट ल्याउनसक्नु राम्रो पक्ष भएको बताए । स्थानीय निकायले कार्यक्रम स्वीकृत गर्न नपर्ने, केन्द्रको योजना तल्लो तहमा हस्तान्तरण राम्रो पक्ष भएको उनको भनाई थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल