निजगढका स्थानीय भन्छन् – सेनाले जिम्मा लिएपछि फास्ट ट्रयाक बन्नेमा विश्वास बढ्यो (भिडियो रिपोर्ट)

निजगढका स्थानीय भन्छन् – सेनाले जिम्मा लिएपछि फास्ट ट्रयाक बन्नेमा विश्वास बढ्यो (भिडियो रिपोर्ट)

शम्भु दंगाल

बारा, जेठ १६ – नेपाली सेनाले फाष्ट्र निर्माणको जिम्मेवारी लिएपछि बाराका सर्वसाधारण हर्षित भएका छन् । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको बहुप्रतिक्षित द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएसँगै गत जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराको निजगढमा यसको औपचारिक सिल्यान्यास गरेका थिए ।

सर्वसाधारणहरुले छिट्टै काठमाडौँ पुग्न सकिने, रोजगारीको क्षेत्र बृद्धी हुने अपेक्षा गरेका छन् । बारा निजगढ ७ कि सीता डिसी मगरले सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएर राम्रो काम गरेको बताइन् ।

यस्तै बाराकै अर्का स्थानीय विष्णुप्रसाद सिटौलाले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी दिएका कारण विश्वसनियता बढेको बताए । उनले भने– ‘अरुलाई कामको जिम्मेवारी दिएको भए समयमा नसकिन सक्थ्यो, सेनालाई दिएको भएर समयमै काम सम्पन्न होला भन्ने विश्वास लागेको छ ।’

यस्तै अर्का स्थानीयबासी धनमाया दर्लामी मगरले आफ्नो उमेर ६५ बर्ष भएकोले आफूले छिटो काठमाडौं जान नपाएपनि छोरानातीले सजिलै काठमाडौं जान पाउने विश्वास व्यक्त गरिन । आँउदो पुस्तालाई द्रुतमार्गले रोजगारीका लागि सजिलो बनाँउला भन्ने उनलाई लागेको छ ।

स्थानीय अनिता घिमिरेलाई भने समयमा सडक निर्माण सकिएला भन्ने पूरै विश्वास लागेको छैन । ढिलो छिटो सडक निर्माण हुने उनको अपेक्षा छ । बाराकै अर्का स्थानीय गणेशनाराण साहले काठमाडौं जाँदाका दुःख सम्झिँदै द्रुतमार्गले काठमाडौं जान सजिलो हुने बताए ।

द्रुत मार्ग निर्माणका लागि दवाद दिन गएको मंसिरमा बाराका ६१ जना स्थानीयले निजगढदेखि काठमाडौं सम्म पैदलयात्रा गरेका थिए । सोही टोलीका एक सदस्य दीर्घबहादुर बुढाथोकीले विगतमा गरेको संघर्ष सम्झँदै आफ्नो सपना पूरा हुने विश्वास व्यक्त गरे । पैदलयात्रा गर्दै ३ दिनमा काठमाडौं आइपुगेका उनीहरुले फास्ट ट्रयाकका लागि रु १ लगानी गरौँ भन्ने घरदैलो अभियानबाट झन्डै ५५ हजार रुपैयाँ संकलन गरी सरकारलाई बुझाएका थिए ।

बाराकै अर्का स्थानीय प्रद्रीप मैनालीले अवको ४ बर्षमा सबारी संचालन भएको देख्न पाइयोस् भन्ने आशामा रहेको बताए । नेपाली सेनाले काम सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको बताउँदै सडक निर्माणपछि काठमाडौं र तराइका जनतालाई राहत पुग्ने अपेक्षा गरे ।

हेर्नुहोस् भिडियो

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल