‘वान बेल्ट वान रोड’ले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ : केपी ओली

‘वान बेल्ट वान रोड’ले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ : केपी ओली

काठमाडौं, जेठ १६–नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको ‘वान बेल्ट वान रोड’ कार्यक्रमले नेपालको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले चीनको ‘वान बेल्ट वान रोड’ कार्यक्रमले नेपाली जनताको इच्छा अनुसारको विकासको आवश्यकतालाई सम्बोधन गर्ने पनि स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनले छिमेकसँग सहकार्य गरेर विकासको अभियानलाई तीव्रता दिएको उल्लेख गर्दै प्रशंशा पनि गरे ।

ओबिओआरसम्बन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने, “छिमेकीलाई साथ र सहयोग लिई आफू र आफ्ना छिमेकीको हित गर्न चीनले यो अवधारणा ल्याएको हो, यसले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खुलाउँछ ।”

अध्यक्ष ओलीले ठूला, विकसित देशहरुले छिमेकहरुको विकासको आकांक्षालाई सम्बोधन गरेर अघि बढनुपर्ने धारणा समेत राखे ।

अर्को प्रसङ्गमा ओलीले छिटो छिटो सत्तामा पुग्ने चाहनाले दिगो आर्थिक विकासमा बाधा पु¥याइरहेको बताउँदै राजनीतिक स्थिरताले मात्र आर्थिक समृद्धि हुने विचार व्यक्त गरे । उनले भने, “सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो, पानीबिनाको माछाजस्तो हुनुभएन, देशको समृद्धिका लागि सत्ता स्वार्थ त्याग्नुप¥यो ।”

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले चीनको आर्थिक प्रगतिबाट नेपालले फाईदा लिनुपर्ने आवश्यक्ता औल्याए ।
उनले चीनको ‘वान बेल्ट वान रोड’ कार्यक्रमबाट नेपालले आर्थिक समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हात पार्न सक्ने पनि स्पष्ट पारे । चीनको ‘वान बेल्ट वान रोड’ कार्यक्रमबाट नेपालको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा लैजान सहज हुने नेता महतको भनाई थियो ।
नेता महतले नेपालले ठूला अर्थतन्त्र भएका चीन र भारतबाट आवश्यकता अनुसार लाभ लिन सक्ने वातावरण बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल