ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

– चुरामणि अर्याल
जेठ १६, कपिलवस्तु – कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरगन्जमा ट्याक्टरको ठक्करबाट सोमवार साँझ एक महिलाको मृत्यु भएको छ ।

ओभरटेक गर्ने क्रममा लु २ त ५९२८ नंम्बरको ट्याक्टरले नम्बर नखुलेको मोटरसाइकल लाइ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ निवासी ५५ बर्षिया फुलमती नाउको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बहादुरगन्जका सइ दिपेन्द्र गिरीले जानकारी दिए ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल