सरकारले ल्यायो १२ खर्व ७८ अर्वको बजेट : कुन–कुन क्षेत्रमा कति छुट्यायो ?

सरकारले ल्यायो १२ खर्व ७८ अर्वको बजेट : कुन–कुन क्षेत्रमा कति छुट्यायो ?

निर्वाचन आचारसंहिता र संवैधानिक चेपुवाकाबीच बजेट सार्वजनिक

विमल श्रेष्ठ/किरण ढकाल

काठमाडौं, जेठ १५ –काठमाडौं, जेठ १५– सरकारले निक्कै चुनौती बीच पनि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले व्यवस्थापिका संसदमा निर्धारित समयभन्दा केही समय ढिलो बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्री महराले मुलुक विशिष्ट अवस्थामा रहेको भन्दै केही भावुकताका साथ वार्षिक बजेट प्रस्तुत गरेका हुन् । गणतन्त्र स्थापनापछि माओवादी नेतृत्वमा वनेको यो तेस्रो सरकारले बजेट प्रस्तुत गरेको हो । मुलुकमा गणतन्त्र आएपछि दोस्रो पटक प्रधानमन्त्री वनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निक्कै कानुनी तथा विपक्षी दलको चेपुवामा परेर बजेट घोषणा गरेको हो ।

एकातिर दोस्रो चरणको स्थानिय तहको निर्वाचनको आचारसंहिता र अर्कोतिर जेठ १५ गतेनै बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाको वीचमा रहेर यो सरकारले वजेट प्रस्तुत गरेको हो । अर्कोतिर प्रमुख प्रतिपक्षि एमालेले संसद अवरोध गरिरहेको तथा संसद चल्न नदिने अडानलाई समेत चिर्दै सरकारले बजेट प्रस्तुत गरेको छ । केही दिन अगावै प्रधानमन्त्रीले राजीनामा दिएपनि सरकारले नयाँ कार्यक्रम थप नगरि वार्षिक वजेट प्रस्तुत गरेको हो ।

निर्वाचन आचारसंहिताले गर्दा नयाँ कार्यक्रम ल्याउन नपाइने तर संवैधानिक व्यवस्था अनुसार १५ जेठमै वार्षिक वजेट ल्याउनुपर्ने व्यवस्था भने सरकारले पुरा गरेको छ । अर्थमन्त्री कृष्ण वहादुर महराले स्थानिय निकायलाई जिम्मेवार र अधिकारसम्पन्न बनाउँदै स्थानिय निकायको विकास र सञ्चालनमा पर्याप्त वजेट व्यवस्था गरेका हुन् ।


सरकारले आगामी आवका लागि कुल १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वजेट प्रस्तुत गरेको अर्थमनत्री महराले जनाए । यस्तै, वित्तिय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब रुपैयाँ यो वजेटमा छुट्याइएको छ ।

सरकारले स्थानिय तहका लागि साधारण अनुदान एक खर्ब ४८ अर्ब र सशक्त अनुदानका रुपमा ७६ अर्ब ४१ करोड वजेट व्यवस्था गरेको छ । प्रत्येक प्रदेशका लागि ७ अर्ब ३४ करोड रुपैया वजेट व्यवस्था गरेको छ । वजेटले राजश्ववाट ७ खर्ब ३० अर्ब ५ करोड, वैदेशिक सहायता ७२ अर्ब, वाहिरी ऋण २ खर्ब १४ अर्ब, आन्तरिक ऋण एक खर्ब ४५ अर्ब उठाइने व्यवस्था वजेटमा छ ।

७ दशमलव २ प्रतिशत आथिृक बृद्धिदर हासिल हुनेगरि लक्ष्य सहित आएको योवजेटमा अन्तर्राष्ट्रिय व्यापारमा सुधार, राजश्व छुलाई अनत्य गर्ने, आर्थिक कारोवारमा जोड, मदिरा तथा सुर्तिजन्य वस्तुमा कर वढाउने लगायतका नीति भने सरकारले लिएको छ । भन्सारमा नयाँ संकेत नम्वर राख्ने, कर दाखिला गर्न सहज वनाउने, सवैलाई कर तथा राजश्वप्रति सचेतना बृद्धि गर्ने बजेटले योजना वनाएको छ । यो बजेटले एक लाख स्वरोजगार र ४ लाख नयाँ रोजगार स्थापना हुने पनि जनाइएको छ ।

आगामी आर्थिक बर्ष २०७४/७५ को लागि ल्याइएको बार्षिक बजेट मन्त्री महराले अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवनबाट विभिन्न शीर्षकमा यसरी बजेट विनियोजन भएको छ :

सिंहदरबारको अधिकार गाउँ–गाउँमा लाने उद्देश्य अनुरुप नै यो बजेट प्रस्तुत भएको देखिन्छ । स्थानीय अधिकार बलियो बनाउने उद्देश्य अनुरुप नै गाँउ नगर लाई बजेटले पहिलो प्रथमिकता दिएको देखिन्छ । बजेटमा गाउँपालिकाका लागि सरकारले न्युनतम १० करोड देखि ३९ करोड विनियोजन गरेका छन् । त्यस्तै, नगरपालिकाका लागि १५ करोडदेखि ४३ करोडसम्म उपमहानगरपालिकामा ४० करोडदेखि ६३ करोडसम्म महानगरपालिकामा ५६ करोडदेखि १ अर्ब २४ करोडसम्म हुने मन्त्री महराले बताएका छन् ।

त्यस्तै, सरकारले जलविद्युतको क्षेत्रमा महत्वकांक्षी बजेट छुट्याएको छ । यसका लागि सरकारले ६२ अर्ब ४७ करोड रुपैयाँ छुट्याएको छ ।

प्रस्तुत बजेटमा पेट्रोलियम पदार्थको आयातलाई निरुत्साहित गर्दै विजुली उत्पादन बढाउने नीति लिएको हो । सरकारले सेना, प्रहरी, शसस्त्र प्रहरी र निजामति कर्मचारीको लगानीमा ५०० मेगावाटको विद्युत आयोजना निर्माण गर्ने लक्ष्य समेत लिएको छ । त्यस्तै, बुढी गण्डकी आयोजना शुरुवातका लागि १० अर्व १९ करोड छुट्याएको छ । चमेलिया र कुलेखानी तेस्रो आगामी बर्ष सक्ने सरकारी योजना छ । स्वदेशी लगानीलाई प्रोत्साहित तथा प्रवद्धन गर्न नयाँ विद्युत खरिद दर लागू गर्न सरकारले योजना लिएको देखिन्छ । उत्पादन बढाउन पम्प स्टोरेजमा आधारित आयोजनाको अध्ययन गर्दै पिपिपि मोडेलमा प्रसारणलाइन बनाउने योजनासमेत बनाएको छ ।

त्यस्तै बजेटमा सरकारले शहरी पुर्वाधार विकास गर्न ३० अर्ब ४८ करोड रुपैयाँ बजेट छुट्याएको छ। काठमाडौं उपत्यकाका सबै नगरलाई जोडेर सेटलाइट सिटी बनाउने सरकारी योजना छ। प्रत्येक प्रदेशमा मेगा सिटी बनाउँदै लोकमार्ग र हुलाकी मार्गमा २० शहर बनाइने सरकारी योजना छ।

त्यस्तै, सरकारले काठमाडौं तराई दु्रतमार्ग का लागि १० अर्ब १४ करोड छुट्याएको छ । भने, राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ ।

यहि दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याइपुर्याउने कुरा बजेटमा सम्बोधन गरिएको छ । मेलम्ची आयोजनाका लागि पनि ६ अर्व ५७ करोड बिनियोजन गरिएको छ ।

पशुपति र लुम्बिनी क्षेत्रको गुरूयोजना कार्ययोजना तयार गर्नका लागि २ अर्व १३ करोड बिनियोजन गरिएको छ ।

डोल्पा र हुम्ला सदरमुकामलाई सडक सञ्जालमा जोड्न ३० करोड बिनियोजन गरिएको मन्त्री महराले जनाएको छ ।

यसैगरी वन क्षेत्र संरक्षण तथा प्रवद्धन गर्नका लागि १५ अर्ब भू संरक्षणका लागि ६ अर्ब विनयोजन गरेको छ भने, भू–उपयोग नीति कार्यान्वयन गरिने, सिञ्चाई आयोजनाहरुका लागि बजेटमा २७ अर्ब २१ करोड छुट्याएको छ ।

त्यस्तै, कृषि क्षेत्रको आधुनिकरण र उत्पादन वृद्धिका लागि ३० अर्ब ४० करोड विनियोजन भएको छ ।यसले समग्र देशको कृषि विकास प्रवद्र्धन हुने सरकारको लक्ष्य छ ।

यसै गरी रणनीतिक सडकहरु दुई लेनको बनाइने र कालोपत्रे गरिने योजना बजेटमा प्रस्तुत गरेको छ । त्यस्तै, सडक पूर्वाधारका लागि ८९ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रदेश राजधानीलाई केन्द्रीय राजधानीसँग जोड्ने सडक पूर्वाधारका लागि ९९ अर्ब ५० करोड छुट्याएको छ । भने, प्रदेश राजधानीलाई राष्ट्रिय राजधानीमा जोड्न सडक पूर्वाधार कार्यक्रमलाई निरन्तरता उद्योग वाणिज्य क्षेत्रका कार्यक्रमका लागि १० खर्ब विनियोजन भएको छ । सडक योजना अन्तर्गत नै नारायणगढ बुटवल सडक खण्ड ४ लेनको बनाउन ७ अर्ब ११ करोड छुट्याएको छ भने, नारायणगढ मुग्लिन सडकका लागि २ अर्ब ५६ करोड बजेटमा सम्बोधन गरिएको छ ।
यसै गरी बजेटमा जनता आवास कार्यक्रमका लागि २ अर्ब ४४ करोड विनियोजन भएको छ । तर, निर्वाचन क्षेत्र विकास कोष यथाबत राखिएको छ । उता सामाजिक सुरक्षा भत्ता पनि यथाबत नै रहेको जनाएको छ । सामाजिक सुरक्षा भत्ताकालागि ३६ अर्ब विनियोजन भएको छ ।

सरकारले श्रम क्षेत्रका लागि १ अर्ब १४ करोड छुट्एको छ ।

खेल क्षेत्रको विकास प्रवद्धन का लागि युवा तथा खेलकुद क्षेत्रमा सरकारले २ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल