इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

इटहरी, जेठ १५ –सुनसरीको इटहरीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।निर्वाचन अधिकृतको कार्यालयको सुनसरीका प्रमुख निर्वाचन अधिकृत, सुनसरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन प्रमुखको टोलीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा इटहरीका निर्वाचन अधिकृत भरतमनी रिजालले इटहरी उपमहानगरपालिकामा २० वटा वडा मा २५ मतदान केन्द्र, ८७ मतदान स्थलमा ७७ हजार ६ सय ७७ वटा मतदाता संख्या रहेको जानकारी दिएका थिए ।
यस्तै उपमहानगरपालिका भित्र चाडै नै बिजयी मेयर र उपमेयर बस्ने भवनको निर्माण भइरहेको बताए । असार ९ गते हुने दोस्रो चरणको चुनावको लागि निर्वाचन अधिकृतले निर्वाचनको लागि उम्मेदवारको मनोनयन गर्ने , निर्वाचन गराउने , मतगणना गराउने लगायतका काम यस निर्वाचन अधिकृतको कार्यालयबाट हुने छ । उदघाटन कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुली, मुख्य निर्वाचन अभिकृत अर्जुन कोइराला, जिल्ला निर्वाचन प्रमुख लगायतले निर्वाचनको शान्ति सुरक्षा र तयारीको बिषयमा आफनो धारणा राखेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल