विद्युत र सडकमा कति रकम विनियोजन ?

विद्युत र सडकमा कति रकम विनियोजन ?

काठमााडैं, जेठ १५ – काठमाडौंको केही शहरी क्षेत्रमा विजुलीको तारहरु भूमिगत रुपमा विस्तार गरिने भएको छ । सरकारले विद्युत चुहावट न्युनिकरण गर्ने तथा बुटबलदेखि गोरखपुरसम्म ४०० केभीएको अन्तरदेशीय प्रशारण लाइन आगामी वर्ष सुरु गरिने जनाएको छ । जलासययुक्त आयोजनाका लागि नयाँ विद्युत खरिद दर लागू गरिने तयारी गरेको सरकारले चमेलिया र कुलेखानी आयोजना आगामी वर्ष सम्पन्न गर्ने जनाएको छ । निर्माणाधीन अवस्थामा रहेका विद्युत आयोजनालाई समयमा पूरा गर्न स्रोत उपलब्ध गराउने भएको छ । निजामति कर्मचारी सेना प्रहरी सशस्त्र प्रहरी शिक्षकको लगानीमा ५०० मेगावाट विजुली उत्पादन गरिने सरकारको तयारी छ ।
संघ प्रदेश र स्थानीय स्तरको लगानी गर्ने तथा विदेशमा बसेकाहरुको लगानी र वैदेशिक लगानीमा मुलुकलाई विजुलीमा आत्मनिर्भर गर्ने सरकारी तयारी छ । सबै सवारी साधनमा आगामी आर्थिक वर्षदेखि एम्बोस्ड नम्बर प्लेट लागू गरिने सरकारले जनाएको छ । महाकाली नदीमा आगामी आर्थिक वर्षदेखि मोटरेवल पुल निर्माण गरिने तथा पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड ४ लेनको बनाउन ७ अर्ब ११ करोड विनियोजन गरेको छ । नारायणगढ मुग्लिन सडकका लागि २ अर्ब ५६ करोड छुट्याएको सरकारले रणनीतिक सडकहरु दुई लेनको बनाउने जनाएको छ । सडक पूर्वाधारका लागि ८९ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको सरकारले प्रदेश राजधानीलाई केन्द्रीय राजधानीसँग जोड्ने योजना अघि बढाएको छ । सडक पूर्वाधारका लागि ९९ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश राजधानीलाई राष्ट्रिय राजधानीमा जोड्न सडक पूर्वाधार कार्यक्रमलाई निरन्तरता दिने सरकारको भनाई छ ।
त्यस्तै सरकारले द्योग वाणिज्य क्षेत्रका कार्यक्रमका लागि १० खर्ब विनियोजन गरेको छ । हरेक प्रदेशमा ४५ दिन धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण गरिने, रक्सौल अमलेखगञ्ज पाइपलाइन निर्माणलाई तिब्रता दिने, एकीकृत जाँच चौकीको निर्माणमा तिब्रता दिने तथा निर्यात प्रवर्द्धन गर्न निकासी प्रोत्साहनमा दिइएको रकममा पुनरावलोकन गर्ने जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल