विशेष आर्थिक क्षेत्र सञ्चालन गरिने, नयाँ शहकारी ऐन आउने

विशेष आर्थिक क्षेत्र सञ्चालन गरिने, नयाँ शहकारी ऐन आउने

काठमाडौ, जेठ १५ –सरकारले मुलुकमा बिशेष आर्थिक क्षेत्र सञ्चलनमा ल्याउने भएको छ । आगामी बर्षको बजेट प्स्तुत गर्दै सरकारले त्यस्तो योजना सार्वजनिक गरेको हो । सरकारले वातावरणमैत्री उद्योगलाई प्रोत्साहन गर्ने तथा सिमेन्ट तथा फलाम उद्योगमा सडक तथा प्रशारण लाइन विस्तार गर्ने जनाएको छ ।
विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याइने तथा गरिबीको रेखामुनी रहेका नागरिकको उद्यमशीलता विकासका लागि स्थानीय स्तरको सिफारिसका आधारमा अनुदान दिइने व्यवस्था पनि गरेको छ । गरिवीको रेखामुनी रहेका नागरिकको उद्यमशीलता विकासका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने सरकारले जनाएको छ । उत्कृष्टताका आधारमा महिला उद्यमशीलता पुरस्कार प्रदान गर्ने ,वैदेशिक लगानीका लागि आवश्यक प्रशासनिक प्रक्रियालाई सरल बनाइने र वैदेशिक लगानीलाई प्रोत्साहन गरिने सरकारी योजना छ ।
नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाइने तथा सहकारी सम्बन्धी विद्यमान कानुनी व्यवस्था समयअुनुकल सुधार गरी नयाँ सहकारी ऐन ल्याइने सरकारले बजेटमार्फत व्यवस्था गरेको छ । देशका मुख्य मुख्य बजार केन्द्रमा सहकारी बजार स्थापना गरिने तथा सहकारी तथा गरिबी निवारण सूचना प्रणाली लागू गरिनेछ सरकारको योजना छ । वन क्षेत्रका लागि १५ अर्ब भू संरक्षणका लागि ६ अर्ब विनयोजन गरेको सरकारले भू उपयोग नीति कार्यान्वयन गरिने जनाएको छ । प्राकृतिक तालतलैया संरक्षण र व्यवस्थापन गरिने सरकारले जनाएको छ । सिञ्चाई आयोजनाहरुका लागि २७ अर्ब २१ करोड विनियोजन गरेको सरकारले कृषि क्षेत्रको आधुनिकरण र उत्पादन वृद्धिका लागि ३० अर्ब ४० करोड विनियोजन गरेको छ । कृषि तथा रासायनिक मलमा दिइने अनुदान कृषककै बैंक खातामार्फत उपलब्ध गराइने तथा कृषि वीमा सेवा देशभर बिस्तार गर्ने छ । त्यस्तै युवालाई पशुपालन र कृषि क्षेत्रमा आकर्षित गर्ने कार्यक्रम ल्याइने सरकारले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल