ठूला आयोजनाः कुनलाई कति रकम ?

ठूला आयोजनाः कुनलाई कति रकम ?

काठमाडौ, जेठ १५ – सरकारले मुलुकका ठुला र गौरवका योजनाहरुलाई पर्याप्त बजेट विनियोजन गरेको छ ।
जसअनुसार राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने मेलम्ची आयोजनाका लागि ६ अर्ब ५७ करोड छुट्याएको छ । त्यस्तै रेलमार्गका लागि ४ अर्ब २ करोड बजेट र मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न ४ अर्ब ३ करोड विनयोजन गरेको छ ।
त्यस्तै कोशी करिडोर कालीगण्डकी करिडोर कर्णाली करिडोरका लागि २ अर्ब ३ करोड विनियोजन गरेको अर्थमन्त्री कृष्ण बहादुर महराले बजेट भाषणमा बताएका छन् ।
हुलाकी राजमार्गको ५०० किलोमिटर दुई वर्षभित्र सक्ने गरी ४ अर्ब २७ करोड र फास्ट ट्र्याकका लागि १० अर्ब १४ करोड छुट्याएको छ ।
पोखरा, निजगढ र गौतमवुद्ध विमानस्थलका लागि १३ अर्ब रुपैयाँ छुट्याउदै निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल बनाउन आगामी आर्थिक वर्षमा बोलपत्र आव्शहान गरिने तथा पोखरा विमानस्थल ४ वर्षमा पूरा गरिने बजेटले लक्ष्य लिएको छ । सिक्टा सिञ्चाई आयोजना, भेरी बबई आयोजना लगायतका ४ आयोजनाका लागि ५ अर्ब १७ करोड तथा बुढीगण्डकी आयोजनाका लागि मुआब्जा वितरणका लागि १० अर्ब १७ करोड विनयोजन गरिएको छ ।
त्यस्तै तामाकोशी आयोजनाका लागि ५० करोड १७ छुट्याएको छ ।
कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनाका लागि पर्याप्त स्रोतको व्यवस्था गर्दै सरकारले भूमक्पको जोखिम कम गर्न अध्ययन अनुसन्धानका लागि बजेट उपलब्ध गराउने भएको छ ।
पहिचान भएका जोखिमयुक्त वस्तीलाई एकीकृत वस्ती बनाइने र त्यस्ता वस्तीमा खानेपानी, सडक स्वास्थ्य जस्ता पूर्वाधार पुयाउने सरकारको योजना छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल