बजेट भाषणः पुनर्निमाणका लागि १ खर्ब ४६ अर्ब १८ करोड

बजेट भाषणः पुनर्निमाणका लागि १ खर्ब ४६ अर्ब १८ करोड

काठमाडौं, जेठ १५–अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ मा भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड बजेट प्रस्तुत गरेका छन् ।

संसदमा नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मन्त्री महराले भूकम्पपछिको पुनर्निमार्णलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले तोकिएको समयमा पुनर्निमार्ण सम्पन्न गर्ने बताउदै यसको प्रक्रिया सरलीकरण बताएका छन् ।
ब्यक्तिका आवास पुनर्निमार्णका लागि तेश्रो किस्ताको अनुदान बितरण गर्ने, भूकम्पपीडितको सूचिमा पर्न नसकेकाहरुको गुनासो सुन्ने कार्यलाई अघि बढाँउने जानकारी दिए ।
यस्तैभूकम्पले ध्वस्त पारेको धार्मिक सांस्कृतिक सम्पदा पुननिर्माणमा स्थानीय र मौलिक सामग्री प्रयोगमा जोड दिने बताए ।

यस्तै भूकम्प प्रभावित क्षेत्रका ग्रामिण सडक सुधार गरिने, स्थानीय तहमा आवश्यक प्राविधिक परिचालन गरिने, सार्वजनिक कार्यालय तथा घर अपाङ तथा लैङिक मैत्री बनाइने, स्वास्थ्य संस्था २ बर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने,
भूकम्प सम्बन्धि अध्ययनको ब्यवस्था गर्ने लगायतका विषयमा बजेटमा समेटिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल