१२ खर्ब ७८ अर्बको बजेट पारित, ४ बजे संसदबाट बजेट भाषण हुँदै

१२ खर्ब ७८  अर्बको बजेट पारित, ४ बजे संसदबाट बजेट भाषण हुँदै

काठमाडौं, जेठ १५– सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ को लागि १२ खर्ब ७८ अर्ब बराबरको बजेट प्रस्तुत गर्ने भएको छ । अपरान्ह ४ बजे बस्ने व्यवस्थापिका संसदबाट बजेट भाषण गर्नका लागि मन्त्रिपरिषद् बैठकले १२ खर्ब ७८ अर्ब बराबरको बजेट पारित गरेको छ ।

प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिए ।

“बजेटका लागि के के कार्यक्रम राख्ने भनी आयोगको पूर्ण बैठकले पारित गरेको छ, १४औँ योजनामा तोकेका कार्यक्रम, संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको दिगो विकासका लक्ष्यलाई बजेटमा प्राथमिकता दिइएको छ, संविधानमा स्थानीय तहलाई सङ्घीय संरचनाअनुसार दिएको कामलाई बजेटले सरल बनाइदिएको छ”–उनले भने ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल