प्लाष्टिक उद्योगमा भएको आगलागिमा तीन करोडको क्षती

प्लाष्टिक उद्योगमा भएको आगलागिमा तीन करोडको क्षती

पर्सा, जेठ १५– वीरगंजको बाग्मती प्लास्टीक उद्योगमा आईतवार राति भएको भिषण आगलागीबाट तीन करोड रुपैयाँ बरबारको क्षति भएको छ । आइतबार राति बाग्मति प्लाष्टिक उद्योगको आधिकारीक विक्रेता प्रकाश खन्डेलवालले वीरगन्जको बाइपासमा सन्चालन गरेको सुभाष ट्रेडर्सको गोदाममा आगलागी भएको थियो ।
आगलागिमा परी सलर गोदाम समेत रहेको दुई तल्ले पक्की भवन जलेर नष्ट भएको छ भने गोदाममा रहेको प्लाष्टिकको कुर्ची , त्रिपाल , चटाइ , मग , बाटा लगायतका सम्पुर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक गोविन्द साहले जानकारी दिए । वीरगन्ज उपमहानगरपालिका, कलैया उपमहानगरपालिका , चन्द्रनिगाहपुर र सिमावर्ती भारतीय बजार रक्सौलबाट गरि आठ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । गोदाम भित्र विद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने सन्चालक खण्डेलवालले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल