काउन्सिल अध्यक्ष बराल सम्मानित

काउन्सिल अध्यक्ष बराल सम्मानित

धरान, जेठ १४— बरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बराललाई धरानमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।
विगत तीन दशकदेखी पत्रकारीता पेसामा आवद्ध रहेका पत्रकार भवानी बराललाई नेपाल सरकारबाट प्रेस काउन्सिलको अध्यक्ष नियुक्ती भएपछि कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर नेपालले शनिबार सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा वोल्दै नवनियुक्त अध्यक्ष भवानी बरालले पत्रकारको अधिकार र सञ्चार माध्यमहरुको उन्नती तथा प्रगतिको लागि सदैब लागिरहने बताए ।
अध्यक्ष बरालले प्रेस काउन्सिललाई पनि देशको प्रशासनिक निकाय जस्तै संघीय संरचनामा लैजाने सोचमा आफु रहेको बताए । पत्रकारहरुले गरीब दुखीको पक्षमा कलम चलाएर नेपाली समाजलाई सही मार्गमा लैजानु पर्ने नव नियुक्त अध्यक्षको भनाई थियो ।
यसैगरी कार्यक्रममा वोल्दै कार्यक्रममा प्रमुख अतिथी एवं प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले जनताको पक्षमा काम गर्न गर्नु पर्ने बताउँदै अध्यक्ष बराललाई सदैव जनताको पक्षमा रहेर काम गर्न अनुरोध गरे ।

यसैगरी सम्मान कार्यक्रममा वोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उपध्यक्ष ओम शर्माले भवानी वराल जस्तो व्यक्ति प्रेस काउन्सिलको अध्यक्ष भएकोमा राष्ट्रले गौरब गर्नु पर्ने बताए ।

कार्यक्रमा नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन समिति सुनसरीका इन्जार्च मुक्साहाङ मेन्याङ्वोले सही व्यक्तिले सही नेतृत्व पाएमा मुलुकले परिवर्तन गर्ने उदाहरण कुलमानले नै देखाईसकेको बताउदै संञ्चार जगतको नियमन गर्ने निकाय प्रेस काउन्सिलले सही व्यक्ति पाएको बताए ।

यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी मोफसलमा बसेर पत्रकारीता गर्ने व्यक्तिलाई पनि राज्य माथिल्लो निकायमा लगेकोको पत्रकारहरुले गर्व गर्नु पर्ने बताए ।
यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अम्बर खड्काले सुनसरीले प्रेस जगतको अभिभावक पाएकोमा खुशी महसुश भईरहेको बताउदै राज्यले मोफसलका पत्रकारलाई समेत स्थान दिएकोमा आभार व्यक्त गरे ।
प्रेस सेन्टर नेपाल सुनसरीको आयोजनामा १५ औं कृष्ण सेन स्मृति दिवसको अवसरमा भएको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा, नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयका सञ्चार विज्ञ राजेन्द्र किराती, नेकपा माओवादी केन्द्र धरानका मेयरका उम्मेदवर अइन्द्र विक्रम वेघा, दिव्यराज स्मृति पत्रकारीता पुरस्कार कोषका संरक्षक गणेशप्रसाद आचार्य लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल सुनसरीका अध्यक्ष श्रीशीशा राईको अध्यक्षतामा भएको थियो ।
यसैबीच पत्रकार कृष्णसेनको स्मृति दिवसको अवसर पारेर प्रेस सेन्टर सुनसरीले शनिबार सुनसरीका दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
सेन्टरद्धारा धरान १४ हुक्पा चोङवाङ रिसोर्टमा आयोजना भएको दिव्यराज आचार्य स्मृति पुरस्कारबाट सुनसरीका पत्रकार जयकृष्ण यादव र महाप्रतिवादका सम्पादक तारा लामगादेलाई जनही २५ हजार १ रुपैया नदग र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल