चौथो परिषद भेला सम्पन्न, एनसीसीको पंजीकृत सदस्य शुल्क ५५ कायम

चौथो परिषद भेला सम्पन्न, एनसीसीको पंजीकृत सदस्य शुल्क ५५ कायम

दिलकुमार श्रेष्ठ

दोहा, जेठ १३– एनआरएन एनसीसी कतारले चौथो परिषद भेला सम्पन्न गरेको छ । भेलामा समसामयिक बिषयमा छलफल गर्दै कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन सर्वसम्मतले पास गरेको थियो । उक्त अवसरमा पाचौ मध्यपुर्ब भेलामा योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

भेलाले यसपाली पंजीकृत सदस्यता शुल्क ५५ रियल कायम गरेको छ । पंजीकृत सदस्यता शुल्कका बिषयमा अघिल्ला महाधिवेशन पनि पार्षद सदस्यहरुले घटाउनु पर्ने माग राख्दै आएको भए पनि घटेको थिएन । यसपालीको अन्तिम भेलाले कतारका तल्लो स्तरका श्रमिकहरुलाई समेत मध्य नजर गर्दै सदस्यता शुल्क घटाउन भेलाबाट आएको आवाजलाई सर्वसम्मतले पास गरेको थियो ।

यो कार्यकालको चौथो तथा अन्तिम परिषद भेलामा महासचिबले प्रस्तुत गरेको संगठानिक कार्यप्रगती प्रतिवेदन उपर सुझाब सल्लाहसहित अनुमोदन गरिएको थियो । आर्थिक प्रतिवेदन कोषाध्यक्ष भेषराज पराजुलीले प्रस्तुत गरेसंगै पार्षद सदस्यहरुमा सामान्य जिज्ञासा देखिएकामा अध्यक्ष तामांगले तत्काल विषयगत रुपमा स्पष्ट रुपमा जवाफ दिएका थिए ।

आर्थिक गतिबिधिका रुपमा अघिल्ला भेलामा देखिएका बेरुजु हिसावहरुलाई समेत स्पष्ट पारिएको थियो । बेरुजुको बिषयमा फिर्ता गर्नु पर्ने केहि रकम फिर्ता गरि सकेको, केही बिल भर्पाइ प्रमाणको आधारमा फर्च्यौत गरेको र बाकीं रहेको बेरुजुको बारेमा खोजतलास जारी रहेको जानकारी गराइएको थियो ।त्यस बारेमा आउने अधिवेशनसम्म सम्पूर्ण जानकारी सहित पेश हुने बताएको थियो । आर्थिक गतिबिधिका रुपमा अघिल्ला भेलामा देखिएका बेरुजु हिसावहरुलाई लेखासमिति संयोजक बुदबल गुरुङले स्पष्ट परेका थिए। ।

एनआरएनए एनसिसिले विधान – २००३ लाई आठौँ संसोधन गरेको छ । एनआरएनए आईसीसीले पठाएको नमुना विधानलाई आधार मान्दै आठौँ संसोधित बिधान तयार गरिएको थियो । मस्यौदा समितिले ल्याएको २००३ को विधानलाई आठौँ संसोधन सहित परिमार्जन गर्दै बिधान मस्यौदा समितिका संयोजक पूर्ण केसीले प्रस्तुत गरेका थिए । मस्यौदा समितिले ल्याएका संसोधित विधानलाई बुदागत रुपमा व्यापक बहस र छलफल गर्दै सुझाव सल्लाहसहित सर्वसम्मतले पारित गरेको थियो । परिमार्जन सहित पारित गरिएको आठौँ संसोधनमा यसपाली पंजीकृत सदस्यता शुल्क ५५ रियल कायम गरेको छ । पंजीकृत सदस्यता शुल्कका बिषयमा अघिल्ला भेलामा पनि पार्षद सदस्यहरुले घटाउनु पर्ने जोडदार माग राख्दै आएको भए पनि घटेको थिएन । यसपालीको अन्तिम भेलाले कतारका तल्लो स्तरका श्रमिकहरुलाई समेत मध्य नजर गर्दै सदस्यता शुल्क घटाउन भेलाबाट आएको आवाजलाई सर्वसम्मतले पास गरेको थियो ।

भेलाले आगामी आर्थिक बर्ष १७/१९ का लागी नबिकरण तथा नयाँ सदस्यता आबेदन खुल्ला गरेको छ । २७ मे २०१७ देखि खुल्ला गरिएको आवेदनको अन्तिम मिति आगामी १४ जुलाई २०१७ सम्म रहने जानकारी दिएको थियो । आवेदन फारम अनिवार्य रुपमा अनलाइन सिस्टमबाट भर्नु पर्ने प्रस्ताबलाई सर्बसम्मतीले पारीत गरेको थियो ।

दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमको सभापतित्व एनसीसी अध्यक्ष बिनेश तामांगले गरेका थिए । एनसीसी प्रथम उपाध्यक्ष नविन पोखरेलले स्वागत मन्तब्य दिएको कार्यकमको प्रमुख अतिथि एनआरएनए आईसिसी मध्यपुर्व संयोजक डिवी क्षेत्री रहेका थिए । भेलामा मध्यपुर्ब उपसंयोजक उमेश अधिकारी, आइसिसि सल्लाहकार टिबी कार्की,कतारबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यहरु, पुर्व आइसीसी तथा एनसीसी पदाधिकारीहरु सहित परिषद् सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव ई नन्द प्रसाद गर्वुजाले गरेका थिए।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल