बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु

बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु

गोरखा, जेठ १३– गोरखाको पालुङ्टार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै मृत्यु भएको छ ।

चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो ।

घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३५ वर्षीय रामबहादुर लामाको शनिवार दिउँसो घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए ।

रुखको हाँगाले चालक लामाको टाउको र छातीमा चोट लागेको थियो । डोजरको अघिल्लो भाग पनि पूर्णरुपमा क्षति पुगेको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल, गोरखामा राखिएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल