अरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर एकको मृत्यु

दमौली, जेठ १३– तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै शनिवार अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गरेर घरतिर गइरहेका परियारलाई बाटोमा ५०÷६० वटा अरिङ्गालले टोकेर गम्भीर घाइते बनाएका थिए । रासस
–––––

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल