नेपालमा पुष्प व्यवसायको राम्रो भविष्य  

भदौ १९

नेपालमा पुष्प व्यवसायको राम्रो भविष्य  

पोखरा–नेपालमा पुष्प व्यवसायको भविष्य राम्रो रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको सातौं वार्षिक साधारण सभाको अवसरमा शनिवार पोखरामा आयोजित कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।
उनीहरुले नेपालमा सवै व्यवसाय धरापमा परेपनि पुष्प व्यवसाय कहिल्यै धरापमा नपर्ने वताए ।
पूष्प व्यवसाय प्रति पछिल्लो समयमा राज्यले पनि संवोधन गरेको र व्यवसायीहरुको पनि लगानी आकर्षक रहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा वोल्दै फ्यानका केन्द्रीय अध्यक्ष लोकनाथ गैहेले फूल खेती अँगाल्ने व्यवसायीहरु माथि धेरै चुनौतिहरु भएपनि यसको भविश्य सुगम भएको वताए । उनले आफ्नो व्यवसायको प्रवद्र्धनको लागि व्यवसायीहरुले सरकारलाई घच्घच्याउन आवस्यक रहेको वताए ।

कार्यक्रममा वोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखराको पूष्प व्यवसायलाई सहयोग गर्न उद्योग वाणिज्य संघ सधै तत्पर रहेको वताए । उनले संस्थालाई आवस्यक पर्ने तालिम हल र खाजा खर्च समेत संघले उपलव्ध गराउन तयार रहेको वताए ।

पोखरामा ३० जना व्यवसायी र वार्षिक ५० लाख वरावरको कारोवार हुने गरेको संस्थाका अध्यक्ष दयाकुमार द्धाले जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो समयमा एक अर्व २७ करोड रुपैयाँ वरावरको कारोवार पूष्प व्यवसायमा भएको वताईन्छ । देशका ६ सय ५० व्यवसायी यसमा प्रत्यक्ष रोजगारमा छन भने हजारौ नागरिकहरु अप्रत्यक्ष रुपमा रोजगार रहेको केन्द्रीय महासचिव दीलिप वादेले जानकारी दिएका छन् ।

फ्यान कास्कीका अध्यक्ष दयाकुमार द्धाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णवहादुर कार्की र कोषाध्यक्ष वलराम श्रेष्ठले आ आफ्ना भनाई राखेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल