बैदेशिक रोजगारमा गएका यूवाहरु गाउँमा पन्चेबाजा संरक्षणमा

बैदेशिक रोजगारमा गएका यूवाहरु गाउँमा पन्चेबाजा संरक्षणमा

म्याग्दी, जेठ १३– बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन ।


विदेशमा रहेका दग्नामका यूवाहरुको सक्रियतामा दुई लाख संकलन गरेर परम्परागत सस्कृति पन्चेबाजाको विकास तथा सरक्षणमा युवाहरुलाई पञ्जेबाजाको तालिम संचालन गरिने दग्नाम बैदेशिक संचार युनिटका संयोजक देविन्द्र गर्वुजाले बताए ।

उक्त पन्चेबाजा संरक्षणमा दग्नाम बैदेशिक संचार युनिका अध्यक्ष विनोद शेरपुन्जा २८ हजार, सयोजक देविन्द्र गर्वुजा २८ हजार, महासचिव हमप्रसाद गवुजा २८ हजार, देमप्रसाद पुन २८ हजार, लालबहादुर गवर्वजाले २३ हजार, मिथुन गर्वुजा १८ हजार ४२०, छबहादुर गर्वुजाले १५ हजार, ताराप्रसाद थजाली १० हजार, सनप्रसाद पुन १० हजार, दानबहादुर तिलिजाले ७ हजार ८५० र बेलबहादुर बर्देवाले ५ हजार ५५० रुपैया सहयोग गरेको युनिटका संयोजक देविन्द्र गर्वुजाले बताए ।

आफ्नो परम्परागत कलासस्कृति प्रति दग्नाम बैदेशिक संचार यूनिटको कतारको पहलमा विदेशमा छरिएर रहेका दग्नाम युवाहरुले आर्थिक संकलन गरेर जन्मगाउँमा परम्परागत लोकप्रिय पन्चेबाजा विकास तथा संरक्षणमा लागेकोमा दग्नामका समाजसेवी एवम जेष्ठनागरिक जम्दार बसबहादुरले खुशी ब्यक्त गरे ।  मगरसमुदायमा पञ्चेबाजालाई सिकाउन जोर्तीपिपल पञ्चेबाजा समुह राखुपिप्लेको पनि उपस्थित गराएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल