जनकपुरलाई महानगरपालिका बनाउ

जनकपुरलाई महानगरपालिका बनाउ

महेन्द्रनगर धनुषा, १३ जेठ – जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग गर्दै नेकपा एमाले धनुषाले जनकपुरमा शुक्रबार प्रदर्शन गरेको छ ।

पार्टी कार्यालयबाट निस्केको सो जुलुसले नगरपरिक्रमा गरेको थियो । सरकारले तराईका दुई प्रमुख सहर वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाएपछि जनकपुर र बुटवललाई पनि महानगरपालिका बनाउनुपर्ने एमालेले माग गरेको छ । एमालेले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पनि बुझाएको छ ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा प्रदर्शन गरिएको सो जुलुसमा केन्द्रीय सदस्य श्रीप्रसाद साह, नेत्री जुली महतोलगायतको सहभागिता थियो ।

रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल