चट्याङ लागेर शुक्रवारमात्रै दुईको मृत्यु

चट्याङ लागेर शुक्रवारमात्रै दुईको मृत्यु

काठमाडौँ, जेठ १२– वर्षायाम सँगै चट्याङ पर्ने क्रम बढेको छ । शुक्रबार मात्रै चट्याङ लागेर २ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ ईच्छापुर बस्ने ४० बर्षीया ईन्द्रकला देवी महतो बगैँचामा आँप टिप्न पुगेकी थिईन् । आँप टिप्ने क्रममा शुक्रबार चट्याङ लागेर उनको घट्नास्थलमै मृत्यु भएको छ ।

यसैबिच, जाजरकोटको जुनीसांझे–५ मटेला बस्ने १३ बर्षीया दिला परियारको विहीबार काले खोलामा काफल खान गएको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने १४ बर्षीया हिरा परियार र १४ बर्षीया मालिका बस्नेत सामान्य घाइते भएका छन् ।

त्यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–४ वीरनगर बस्ने रामभक्त चौधरीको आँप बगैचामा शुक्रबार अचानक चट्याङ पर्दा आँप बगैचामा काम गरी रहेकी निजको श्रीमती २५ बर्षीया रबिना चौधरीको घट्नास्थलमा नै मृत्यु भएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल