माओबादी केन्द्रले बनायो दशमध्ये पाँचमा महिलालाई प्रमुख

माओबादी केन्द्रले बनायो दशमध्ये पाँचमा महिलालाई प्रमुख

रामधन बेदना

खोटाङ, जेठ १२ – नेकपा माओबादी केन्द्र खोटाङले जिल्लाका दशवटा पालिकामध्ये पाँच पालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ ।
दुई नगर र आठ गाउँपालिका रहेको खोटाङमा रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पुर्ब सभाषद् दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा.चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाईली (रश्मी), बराहपोखरी गाउँपालिका प्रमुखमा निसाना राई र जन्तेढुंगा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाएको हो ।


माओबादी केन्द्रले हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा हरिश्चन्द्र गिरी, ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा श्रीबहादुर राई, उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिकाको प्रमुखमा अर्जुनकुमार खड्का, उपप्रमुखमा बिर्सिका राई, खोटेहाङ गाउँपालिकाको प्रमुखमा राजन ढकाल र उपप्रमुखमा बिनिता राई, दिप्रुङ गाउँपालिकाको प्रमुखमा दिपक पाण्डे आकाश र उपप्रमुखमा कल्पना राई सोनियालाई उठाएको छ ।

रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा बिनोद आचार्य, लामीडाँडा गाउँपालिकाको उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी नगरपालिकामा रुद्रकुमार राई, जन्तेढुंगा गाउँपालिकामा बिरबल किराती, बराहपोखरी गाउँपालिकाको उपप्रमुखमा सुवासचन्द्र राई उम्मेदवार छन् । हलेसी तुवाचुङ नगरपालिकाको उपमेयरको टुंगो लाग्न बाँकी रहेको माओबादी नेता सुरेश राईले बताए ।

पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माण तहसम्म पु¥याउने पार्टीको नीतिअनुरुप पाँच वटा प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकी (धिरेन)ले बताए । राजनीतिक क्रियाशीलता र नेतृत्व क्षमताको आधारमा आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको ईन्चार्ज बुढाथोकीको भनाई छ ।

जिल्लाका अन्य राजनीतिक दलले आकांक्षीको संख्या धेरै हुँदा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । १२ वटा राजनीतिक दल क्रियाशील रहेको खोटाङमा माओवादी केन्द्रबाहेक अन्य दलबाट प्रमुख पदमा महिला उम्मेदवार बन्ने सम्भावना नरहेको जनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल