काठमाडौ, जेठ १२ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुका लागि योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ ।
यस एपको मद्दतले ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक इंकसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो ।
योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी रहेको कम्पनीले बताएको छ । एनसेलका ग्राहकले शुक्रबारबाट यो एप डाउनलोड गर्न सक्नेछन् ।
एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुराना देखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्ने एनसेलले जनाएको छ ।
यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढी नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् । यसरी सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्ने एनसेलको भनाईछ ।
शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ ।
अर्थात् एक महिना पश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् ।
ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ ।
यस एपमा स्न्याप क्याराओके जस्तो अन्तत्र्रिmयात्मक विषेशता रहेको छ, । यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् ।
यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्ने एनसेलले बताएको छ ।
के हो योण्डर म्युजिक ?
योण्डर म्युजिक एक डिजिटल संगीत सेवा प्रदायक हो जस मार्फत यसका प्रयोगकर्ताहरुले लाखौं गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् ।
यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ ।
सधै सुनिरहनुहोस् भन्ने मुख्य नारा रहेको योण्डर म्युजिकले स्थानीय बजारमा सकृय रहनको लागि स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसँग साझेदारी गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई इन–एप तथा अफलाइन सहभागिताको सुविधा प्रदान गर्नेछ ।
सन् २०१५ को नोभेम्बरमा मलेशियामा शुरु भएको योण्डर म्युजिकसँग हाल इण्डोनेशिया, बङ्गलादेश र मलेशियामा गरी १० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् ।
एजेन्सी जेठ २३ – एप्पलको वार्षीक डेवलपर कन्फरेन्स अर्थात् डब्लूडब्लूडीसी (वर्ल्ड वाइड डेभलपर कन्फरेन्स) को सुर..
एजेन्सी जेठ २२ – फोन चार्ज गर्दा केही कुरा ध्यानमा राख्न अत्यावश्यक छ । यी टिप्स नअपनाउँदा फोनको ब्याट्रिको ला..
शर्मिला शर्मा आइटी इन्जिनियर कम्प्युटरमा काम गर्दा धेरैले भोग्नुपर्ने साझा समस्या हो, भाइरस आक्रमण । भाइरस आक्..
टाइम्स न्यूज नेटवर्क न्यूयोर्क, जेठ १५ – अमेरिकाको एक विश्वविद्यालयका वैज्ञानिकले मेटल फ्रि इलेक्ट्रोडको प्रयो..
शर्मिला शर्मा आइटी इन्जिनियर | घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आ..
एजेन्सी जेठ १४ – दैनिक जीवनमा हामीलाई बिजुली बत्ती र पानीजति आवश्यक पर्छ त्यति वाइफाइको आवश्यकता पर्छ । धेरैजस..
एजेन्सी जेठ १२ – ५ अर्ब डलरको लागतमा क्यालिफोर्नियामा बनेको एप्पलको नयाँ अफिसलाई ‘एप्पल पार्क’ को नामले चिनिन्..
एजेन्सी जेठ ११ – लग्जरी ह्यान्डसेट बनाउने बेलायती कम्पनी भर्चुले एक पटक पुनः महँगो मोबाइल फोन लञ्च गरेर सबैलाई..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..