राष्ट्रपति फर्किएपछि एमालेले संसद चल्न दिएन

राष्ट्रपति फर्किएपछि एमालेले संसद चल्न दिएन

काठमाडौं, जेठ ११– राष्ट्रपति विद्यादेवी भण्डारी संसद भवनबाट फर्किएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ ।

एमालेको अवरोधका कारण संसद संसद बैठक शुक्रबार सम्मकालागि स्थगित भएको छ ।

सरकारले स्थानीय तहको संख्या बढाउने भनी गरेको निर्णयको विरोधमा दुई दिनदेखि संसद अवरोध गर्दै आएको एमालेले विहीबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि पहिलो बैठक चल्न दिएको थियो ।

राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको एमालेले त्यसपछि बसेको संसद बैठकमा अवरोध गरेको हो ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सभामुख ओनसरी घर्तीले संसद बैठक आधा घण्टाका लागि स्थगित गरेकी थिइन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि बसेको दोस्रो बैठक शुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।

सभामुख ओनसरी घर्तीले राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूचि रहेकाले संसद बैठक अवरोध नगर्न आग्रह गरेकी थिइन् । सभामुख घर्तीको आग्रहलाई एमाले सांसदहरुले अस्विकार गरेपछि संसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय फिर्ता नभएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल