कांग्रेसका पराजित उम्मेदवारले घरमा सुतिरहेकी महिलालाई कुटपिट गरेको आरोप

कांग्रेसका पराजित उम्मेदवारले घरमा सुतिरहेकी महिलालाई कुटपिट गरेको आरोप

नुवाकोट, जेठ ११– जिल्लाको किस्पाङ गाउँपालिका बडा नम्बर १ भाल्चेकी एक महिलालाई सोहि बडाबाट स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार बनि पराजित भएका शुकबहादुर घलेले कार्यकर्ता लगाएर कुटपिट परेको आरोप लागेको छ ।
बुधबार राती २४ वर्षीया मञ्जुमाया घलेलाई शुकबहादुरका कार्यकर्ताले कांग्रेसलाई मत नदिएको भन्दै कुटपित गरेको नेकपा माओवादी केन्द्र नुवाकोटले आरोप लगाएको छ ।
माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै भोट नपाएको र माओवादीको पक्षमा प्रचार गरेकै कारण शुकबहादुर ज्यान लिने मनसाय लिएर कुटपिटमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल