पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी सरकारले ल्यायो नीति तथा कार्यक्रम

पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी सरकारले ल्यायो नीति तथा कार्यक्रम

काठमाडौं, जेठ ११– सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचन आचारसंहिता लागू भएकाले पुरानै कार्यक्रमलाई समेटिएर नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।

सरकारले आगामी माघ ७ भित्रै सबै तहको निर्वाचन गरिसक्ने नीति लिइएको छ । राष्ट्रपति भण्डारीले संविधानले तोकेको मिति २०७४ माघ ७ भित्र संघ र प्रदेशको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले संविधानअनुसार बन्न बाँकी कानून निर्माणलाई तीब्रता दिइने बताइन् । उनले स्थानीय तहलाई अधिकारसम्पन्न बनाइ सिंहदरबारको अधिकार गाउँ नगरमा हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भएको पनि बताइन् ।
१५ वर्षदेखि नेतृत्वविहीन रहेका स्थानीय निकाय पुनर्सरचना गरी २८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको भएको भएको समेत उनले बताइन् ।
भूकम्पबाट ध्वस्त संरचनाको पुर्ननिर्माणलाई तीब्रता दिइने नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

यस्तै लोडसेडिङको अन्त्य गर्न सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षमा पनि थप पहल गरिने भएको छ ।
भण्डारीले उज्यालो नेपाल अभियानमार्फत राष्ट्रलाई समृद्धितर्फ लगिने भन्दै त्यसैबाट देशलाई आत्मनिर्भरताको बाटोमा लगिने बताइन् ।
नीति तथा कार्यक्रममा बुढीगण्डकी आयोजनालाई प्राथमिकतामा राखिएको तथा अन्तरदेशीय प्रशारण लाइन विस्तार, लोकमार्ग निर्माण जस्ता विषय पनि सरकारको प्राथमिकतामा परेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल