अन्तिम चरणमा पुग्यो मेलम्ची खानेपानीका लागि पाइप बिछ्याउने काम (भिडियो रिपोर्ट )

अन्तिम चरणमा पुग्यो मेलम्ची खानेपानीका लागि पाइप बिछ्याउने काम (भिडियो रिपोर्ट )

शम्भु दंगाल

काठमाडौँ, जेठ ११ – अबको ६ महिनाभित्र मेलम्चीको पानी खुवाउने लक्ष्यका साथ काठमाडौँमा थालिएको पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना–२ अन्र्तगतको पाइपलाइन बिस्तार तथा पानी वितरणको भौतिक संरचना निमार्ण र विस्तारको काम अन्तिम चरणमा पुगेको आयोजना निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

पाइपलाइन बिछ्याउने कार्य अन्र्तगत अत्यावश्यक ५२ किलोमिटर थोक वितरण प्रणाली अन्तर्गत ४८ किलोमिटर सम्पन्न भएको छ । यस्तै वितरण प्रणाली अन्र्तगत ६ सय ७० किलोमिटर अन्र्तगत ५ सय ८० किलोमिटरमा पाइपलाइन बिछ्याइएको निर्देशक खत्रीले जानकारी दिए ।

बढी ब्यस्त हुने महाराजवगञ्ज देखि एकान्तकुनासम्म, बानेश्वर क्षेत्र लगायतका १८ किलोमिटर सडकमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । यस्तै आयोजनाले ११ किलोमिटर सडकमा पाइपलाइन बिस्तार गरी कालोपत्रे समेत गरिसकेको छ भने साँढे ३ किलोमिटर सडक खनेर पाइप राख्न बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजना निर्देशक तिरेश खत्रीले भने– प्रतिकुल मौसमका कारण काममा केही समय ढिलाई भयो, जेठको अन्तिम साताभित्र सबै काम गरिसक्छौँ ।

६ वटा पानी पोखरीमध्ये ५ सम्पन्न

पाइपलाइन बिस्तारसंगै आयोजनाले पानी संकलन केन्द्रको निमार्णकार्य पनि अन्तिम चरणमा पु¥याएको छ । ६ वटा ठूला पोखरीमध्ये ५ वटाको काम सम्पन्न भइसकेको छ भने एउटा पोखरी निर्माणको काम थालिएको मध्ये १५ प्रतिशत काम सम्पन्न भएको छ । यी पोखरीहरु ३ हजार देखि ९ हजार ५ सय घनमिटर क्षमताका छन् ।

सिन्धुपाल्चोकको मेलम्चीबाट पानी काठमाडौैं आइपुगेपछि त्यसलाई जम्मा गरि वितरणका लागि उपत्यकाका विभिन्न भागहरुमा ठूला पोखरीहरुको निमार्ण गरिएको हो ।

निर्देशनालयले प्याकेज १ अन्र्तगत आरुवारी, महांकालचौर, बाँसबारीमा पानी संकलन केन्द्र बनाँउदैछ । यस्तै प्याकेज २ अन्र्तगत महाराजगञ्जको पानीपोखरी, खुमलटारमा, प्याकेज ३ अन्र्तगत बालाजुमा र प्याकेज ४ अन्र्तगत टिगनी, कटुञ्जे र किर्तिपुरमा पानी संकलन केन्द्र निमार्ण गरिरहेको छ ।

यो आयोजनाले काठमाडौं उपत्यकामा वितरण प्रणालीको पुनःस्थापना तथा विस्तार गर्ने, पानी ट्याङ्कीको निमार्ण, थोक वितरण प्रणाली, वितरण सञ्जाल सुधार र क्षेत्रगत मापन इकाईको स्थापना गर्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सेवा व्यवस्थापन र क्षमता अभिबृद्धी लगायतका काम गर्ने, पानी ट्याङ्कीहरुमा थोक मिटर जडान गर्ने, घर घरमा मिटर जडान गर्ने, ढल प्रणालीको पुर्नस्थापना तथा विस्तार अन्र्तगत उपत्यकामा फोहोर पानी प्रसोधन केन्द्रको निमार्ण गर्ने उद्धेश्य लिएर काम गरिहेको छ ।

आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यका भित्र खानेपानी वितरणको सञ्जाललाई ३ चरणमा विभाजन गरी कार्य सञ्चालन गरेको छ । पहिलो चरण अन्र्तगत सन् २०१० देखि १३ सम्म पानी प्रशोधन र वितरण प्रणालीमा सुधार र इक्ष्मता अभिबृद्धी गरी सुन्दरीजल पानी प्रसोधन केन्द्र देखि महांकाल चौर पानी संकलन केन्द्र बीच थोक वितरण प्रणालीको निमार्ण गर्ने, दोश्रो चरण अन्र्तगत सन् २०१२ देखि १६ सम्म थोक वितरण प्रणाली र मुख्य वितरण सञ्जालहरको सुधार गर्ने र उपत्यकाबासीलाई खानेपानी आपूर्ति गर्ने र तेश्रो चरणमा सन् २०१६ देखि २५ सम्म दीर्घकालीन रुपमा खानेपानी वितरण र ढल व्यवस्थापन प्रणालीको सुधार गर्ने कार्य गरिरहेको छ ।

उपत्यकामा दीर्घकालीन रुपमा खानेपानीको अभाव हटाउनका लागि सन् १९९५ मा मेलम्ची खानेपानी लिमिटेड र पछि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समितिको गठन गरी पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर, दोश्रो चरणमा याङ्ग्रीबाट १७ करोड लिटर र तेश्रो चरणमा लार्के खोलाबाट १७ करोड गरी जम्मा ५१ करोड लिटर खानेपानी आपूर्ति गर्नेगरी काम अघि बढाइएको हो ।

मेलम्चीको पानी काठमाडौं ल्याउन शूरुमा मेलम्ची खानेपानी विकास समित क्रियाशील भएपनि पछि काठमाडौंमा खानेपानी वितरणको सिष्टम निमार्णका लागि सन् २००८ मा उपआयोजना २ को व्यवस्था गरी आयोजना कार्यान्वयन निर्देशनालयको गठन गरिएको थियो ।

हाल काठमाडौंको शहरी क्षेत्रमा दैनिक ३५ करोड लिटर पानीको आवश्यकता छ । केयूकेएलले बर्षायाममा १५ करोड लिटर र सुख्खा याममा ९ करोड लिटर बितरण गर्ने गर्छ । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंमा पानीको अत्यधिक माग पूर्तिका लागि पहिलो चरणमा पाँचवटा ट्युब वेलको माध्यमबाट ६५ लाख लिटर पानी उपलब्ध गराएको छ भने दोश्रो चरणमा स्थापना भएका १४ ओटा ट्युववेल मध्ये ८ वटा सञ्चालनमा रहेका छन् । ती प्रणालीबाट करिब १ करोड लिटर पानी उपलब्ध भएको छ । उपत्यकाका अन्य २० ठाँउमा ट्युववेल स्थापना गरी थप एक करोड पानी आपूर्ति गर्ने लक्ष राखिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आँउदो असोज कार्तिक भित्र मेलम्ची खानेपानी काठमाडौंमा वितरण गर्ने लक्ष्य साथ दिनरात नभनी काम भइरहेको हो ।

हेर्नुहोस भिडियो रिर्पोट ः

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल