माओवादी कमजोर भए संघीयता गुम्न सक्छ : प्रचण्ड

माओवादी कमजोर भए संघीयता गुम्न सक्छ :  प्रचण्ड

काठमाडौ, जेठ ११ – प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्ध बनाउने अभियानमा केही सफलता हासिल भएको बताएका छन् ।

दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफ्नो पार्टी बलियो हुनैपर्ने भन्दै माओवादी केन्द्र कमजोर भए संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका परिवर्तन गुम्न सक्ने खतरा रहेको पनि औंल्याएका छन् ।

प्रधानमन्त्री दाहालले परिवर्तनलाई संस्थागत गरेर मुलुकलाई समृद्ध बनाउन परिवर्तनकारी शक्तिहरुबीच एकीकरण र पुनर्गठनको अभियानलाई तीव्रता दिइएको समेत स्पष्ट पारे । विहीबार विहान नेता विक्रम चन्द नेतृत्वको नेपाल कुम्युनिष्ट पार्टीका नेता टिआर खम्बुसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रधानमन्त्री दाहालले स्थानीय तहमार्फत् जनताको हित र मुलुकको समग्र विकासमा धेरै काम गर्न सकिने अवस्था आएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले निर्वाचनमा बढिभन्दा बढि सफलता हासिल गर्ने तत्कालीन कार्यभार पुरा गर्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन पनि दिए । उनले जनवादलाई पूर्णता दिँदै समाजवादतर्फ उन्मुख हुने पार्टीको दीर्घकालीन लक्ष्य प्राप्तीको अभियान जारी रहेको भन्दै माओवादी शक्तिहरुबीचको एकतावद्ध प्रयासबाट मात्रै मुलुकको परिवर्तनलाई संस्थागत गर्न सकिने बताए ।
नयाँ नेपाल निर्माण गर्ने अभियान सुरु भईसकेको दावी प्रचण्डको रहेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल