मैले केहि भनिरहनुनै पर्दैन, अब काँग्रेसको नेतृत्वमा सरकार बन्छः देउवा

मैले केहि भनिरहनुनै पर्दैन, अब काँग्रेसको नेतृत्वमा सरकार बन्छः देउवा

काठमाडौं, जेठ ११– कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डको राजीनामासँगै सरकारको नेतृत्वका लागि नयाँ प्रक्रिया शुरु भएको बताएका छन् ।
उनले संविधानका प्रक्रिया पूरा गरी काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित र प्रष्ट आधार रहेको बताउँदै यसबारे सिंगो मुलुक जानकार रहेकाले आफूले केहि भनिरहन जरुरी नभएको बताए ।
प्रधानमन्त्रीले राजीनमा दिएलगत्तै विज्ञप्ति जारी गरेर प्रचण्डलाई धन्यवाद दिएका उनले बिहिबार पुन पार्टीको प्रेस समन्वय कमिटीमार्फत आफ्नो थप धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘ प्रधानमन्त्रीको राजीनामासँगै सरकारको नेतृत्वका लागि नयाँ प्रक्रिया शुरु भएको छ । संविधानका प्रक्रिया पूरा गरी नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित र प्रष्ट आधार छन् । यसका बारे मैले केही भनिरहन पर्दैन । सिंगो मुलुक यस विषयमा जानकार छ ।’

उनले पहिलो चरणको निर्वाचन सफल बनाउन सरकारले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको भन्दै त्यसका लागि खटिने सुरक्षा, निकाय, निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै उनले दोस्रो चरणको निर्वाचन पनि तोकिएकै समयमा हुने बताउँदै भनेका छन्, ‘दोस्रो चरणको निर्वाचन निर्वाध रुपमा सबै राजनीतिक दलको सहभागितामा सम्पन्न हुने निश्चित छ । दोस्रो चरणको निर्वाचनका बारेमा चलाइएका हल्लामा कुनै सत्यता छैन र तसर्थ दोस्रो चरणको निर्वाचनप्रति ढुक्क हुन र निर्धक्क साथ निर्वाचनमा सहभागी हुन सबै राजनीतिक दल र आम नागरिकमा आह्वान गर्न चाहन्छु ।’

यसैबीच आजै पार्टीको शीर्ष नेताहरुको बैठक पनि बसेको छ । बैठकमा सरकार गठन र दोस्रो चरणको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयनका विषयमा छलफल भएको बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल