एजेन्सी
जेठ ११ – लग्जरी ह्यान्डसेट बनाउने बेलायती कम्पनी भर्चुले एक पटक पुनः महँगो मोबाइल फोन लञ्च गरेर सबैलाई अचम्मित बनाएको छ । यसको मूल्य सुन्दा तपाईं चकित हुनुहुनेछ । भर्चु सिग्नेचर कोब्राको मूल्य लगभग ३ लाख ६० हजार डलर अर्थात् ३ करोड ७३ लाख नेपाली रुपैयाँ हो । यो एक स्मार्टफोन नभई फिचर फोन हो । कम्पनीले यसको सिमित संस्करण बनाएको छ जसलाई चीनमा इ कमर्समार्फत बिक्रि गरिन्छ ।
फोनको डिजाइनको कुरा गर्नुपर्दा यो सुपर लक्जरी स्मार्टफोनको चारैतर्फ सर्प बनाइएको छ जुन हेर्दा यस्तो लाग्छ कि फोनको सुरक्षा यिनै सर्पले गरिरहेका छन् । भर्चु सिग्नेचर कोब्रा खरिद गर्नका लागि सबैभन्दा पहिले ग्राहकले लगभग १६ हजार रुपैयाँ डाउन पेमेन्टको रुपमा तिर्नुपर्दछ । त्यसपछि बाँकी मूल्यलाई दिन सकिन्छ ।
रोचक कुरा के छ भने यसको अर्डर गर्दा यो फोनको डेलिभरी कार वा बाइकले नभई हेलिकोप्टरमार्फत यसको ‘होम डेलिभरी’ हुनेछ ।
भर्चुको यो सिमित संस्करण फोनलाई ४ सय ३९ रुबीबाट बनाइएको छ । चीनियाँ वेबसाइट गिज्मो चाइनाको एक रिपोर्ट अनुसार यसलाई २ सय ८८ पार्टस्मा बनाइएको छ जसलाई बेलायतमा एसेम्बल गरिएको छ । अहिलेसम्म यसको ८ युनिट्समात्र बनाइएको छ । रिपोर्टका अनुसार यसको एक युनिटमात्र चीनका लागि उपलब्ध हुनेछ ।
रिपोर्टका अनुसार ३ करोडभन्दा बढि मूल्य तोकिएको यो फोनको स्क्रिन २ इन्चको हुनेछ जसको रिजोलुशन 240X320 छ । यसमा २ जीबि र्याम र १६ जीबिको आन्तरिक मेमोरी दिइएको छ । यो ब्याट्रि निकाल्न सकिन्छ र यसले ५.५ घण्टाको ब्याकअप दिने बताइएको छ । डिस्प्लेमा सफायर क्रिष्टल राखिएको छ ।
भर्चु सिग्नेचर कोब्रालाई फ्रान्सको जूलरी कम्पनीले डिजाइन गरेको हो । यो फोनको साइडमा ४ सय ३९ पन्ना जडित दुई कोब्रा सर्प बनाइएका छन् । सर्पको आँखामा मणी राखिएको बताइएको छ ।
एजेन्सी जेठ २३ – एप्पलको वार्षीक डेवलपर कन्फरेन्स अर्थात् डब्लूडब्लूडीसी (वर्ल्ड वाइड डेभलपर कन्फरेन्स) को सुर..
एजेन्सी जेठ २२ – फोन चार्ज गर्दा केही कुरा ध्यानमा राख्न अत्यावश्यक छ । यी टिप्स नअपनाउँदा फोनको ब्याट्रिको ला..
शर्मिला शर्मा आइटी इन्जिनियर कम्प्युटरमा काम गर्दा धेरैले भोग्नुपर्ने साझा समस्या हो, भाइरस आक्रमण । भाइरस आक्..
टाइम्स न्यूज नेटवर्क न्यूयोर्क, जेठ १५ – अमेरिकाको एक विश्वविद्यालयका वैज्ञानिकले मेटल फ्रि इलेक्ट्रोडको प्रयो..
शर्मिला शर्मा आइटी इन्जिनियर | घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आ..
एजेन्सी जेठ १४ – दैनिक जीवनमा हामीलाई बिजुली बत्ती र पानीजति आवश्यक पर्छ त्यति वाइफाइको आवश्यकता पर्छ । धेरैजस..
एजेन्सी जेठ १२ – ५ अर्ब डलरको लागतमा क्यालिफोर्नियामा बनेको एप्पलको नयाँ अफिसलाई ‘एप्पल पार्क’ को नामले चिनिन्..
काठमाडौ, जेठ १२ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुका लागि योण्डर म्युजिक एप नामक नयाँ ड..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..