उपत्यकामा आज सार्वजनिक बिदा

उपत्यकामा आज सार्वजनिक बिदा

जेठ ११, काठमाडौं – सरकारले आज काठमाडौं उपत्यका काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक बिदा दिएको छ ।

ललितपुरको जाउलाखेलमा आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सार्वजनिक बिदा दिइएको हो ।

रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलको इटिटोलबाट तानेर जाउलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाउने परम्परा छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल