प्रचण्डको उच्च प्रशंशा गर्दै देउवाले निकाले विज्ञप्ति

सरकार परिवर्तनको प्रक्रियाले निर्वाचन प्रभावित हुँदैनः देउवा

प्रचण्डको उच्च प्रशंशा गर्दै देउवाले निकाले विज्ञप्ति

काठमाडौं, जेठ १०– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रशंशा गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि देउवाले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले राजीनामा दिएकोमा धन्यवाद दिएका छन् ।

सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गर्नुका साथै देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधिले आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको देउवाले जनाएका छन् ।

सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम हुनुका साथै १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न गर्नुलाई देउवाले सरकारको उपलब्धी भनेका छन् ।

निर्वाचन प्रभावित हुँदैन

काँग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट दिएको राजिनामाले निर्वाचन प्रक्रिया प्रभावित नहुने पनि स्पष्ट गरेका छन् ।

सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन पनि देउवाले आग्रह गरेका छन् ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने देउवाले विश्वास व्यक्त गरेका छन् ।

आफ्नो पार्टीले सबै राजनीतिक दलहरुसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने पनि देउवाले प्रतिवद्धता जनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल