भक्तपुरमा मिनबिसको एकाधिकार साझाले तोड्यो

भक्तपुरमा मिनबिसको एकाधिकार साझाले तोड्यो

भक्तपुर, जेठ १० –भक्तपुरमा मिनी बसहरुको एकाधिकार तोड्दै साझा यातायातको बस सेवा सुरु भएको छ । बुधबारबाट साझा यातायातको २० वट बस भक्तपुरमा संचालनमा आएका हुन् । साझा यातायातको बस सेवा संचालनबाट आफूहरुले राहत महसुस गरिएको सर्वसाधारणले बताएका छन् । साझा यातायातको बस सेवा संचालनमा आएपछि सर्वसाधारण खुसी भएका छन् । उनीहरुले साँघुरा बसमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता हटेको पनि जनाएका छन् ।
साझा यातायातका २० वटा बस भक्तपुरका नयाँ बाटोमा चल्न सूूरु भएको हो । विहान ६ बजेबाट दुई वटा रुटमा भक्तपुरका लागि साझा यातायातको बस सेवा संचालन हुनेछन् । पहिलो रुट स्वयम्भूबाट सुरु भई सितापाईला, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, माईतीघर, कोटेश्वर हुँदै सुर्यविनायकसम्म चल्नेछ भने अर्को रुट कोटेश्वरबाट सूरु भई सुर्यविनायक पुग्ने साझा यातायातले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल