सहमति नजुट्दा संसद बैठक अन्यौलमा, शीर्ष बैठक समेत बसेन

सहमति नजुट्दा संसद बैठक अन्यौलमा, शीर्ष बैठक समेत बसेन

काठमाडौ, जेठ १०– मंगलबार पटकपटक स्थगित हुँदै बुधबार ११ बजेलाई बोलाइएको व्यवस्थापिका संसद बैठक ११ः ४० बज्दासम्म बस्न सकेको छैन ।
प्रतिपक्षी दल एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि मंगलबार स्थगित भएको संसद बैठक सुचारु गर्न दलहरुवीच सहमसितको प्रयास भएपनि सफल नहुँदा आजको बैठक पनि अन्योलमा परेको हो । संसद बैठक चले प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन र राजीनामा गर्ने बताइएको छ ।
यसअघि ११ बजेका लागि संसद बैठक तोकिएकाले प्रधानमन्त्री दाहालले त्यसअघि नै सहमति जुटाउने प्रयास गरेपनि दलहरुवीच कुरा मिल्न नसकेको बताइएको छ ।
प्रधानमन्त्रीले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्ने भनिएपनि अझैं सुरु हुन सकेको छैन । ११ बजे नै संसद भवन नयाँ वानेश्वरमा प्रचण्ड पुगेपनि एमाले नेता झलनाथ खनालबाहेक अरु दलका नेता पुगेका छैनन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले चुनावको बीचमा संविधान विपरित चुनावलाई नै प्रभावित गर्नेगरी सरकारले स्थानीय तहको संख्या बढाएको भन्दै संसद चल्न नदिने चेतावनी दिदै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल