संसद बैठक पाँच बजेका लागि सर्यो, एमालेलाई मनाउने प्रयास जारी

संसद बैठक पाँच बजेका लागि सर्यो, एमालेलाई मनाउने प्रयास जारी

काठमाडौ जेठ ९–एकैदिनमा आज व्यवस्थापिका संसदको बैठक तीन पटक सरेको छ ।
विहान १ बजे बोलाइएको बैठक तीन वजेको लागि सारेको थियो भने अहिले पुनः पाँच वजेका लागि सूचना टाँस गरि सारिएको छ ।
मन्त्रीपरिषद्को बैठक बस्नुपर्ने भएकाले एकवजेको बैठक ३ बजेका लागि सारिएको थियो । तर तीन वजेको बैठकलाई एमालेले अवरोध गर्ने जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले बानेश्वरस्थित आफ्नै कक्षमा तीन दलको शीर्ष नेताहरुहरुसँग छलफल गर्न लाग्दा तीन वजेको बैठक पाँच वजेका लागि सारिएको छ ।

शीर्ष नेताहरुको बीचमा छलफल जारी छ । यद्यपी सो छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् । उनी बैठक चल्दै गर्दा पार्टीको पत्रकार सम्मेलमा देखिएका थिए ।
संसद अवरुद्ध नगर्न एमालेलाई मनाउने प्रयास जारी छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल