जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णय स्वागतयोग्यः राणा

जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णय स्वागतयोग्यः राणा

काठमाडौ, जेठ ९ – राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णयको स्वागत गरेको छ ।
पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले संविधानमै व्यवस्था भए अनुसार जेठ १५ गते बजेट ल्याउने सरकारको निर्णय स्वभाविकै भएको टिप्पणी गरेका हुन् । भक्तपुरमा मंगलबार भएको साक्षात्कारमा वरिष्ठ नेता राणाले सरकारले नयाँ कार्यक्रम नथपी ल्याउन लागेको बजेट निर्वाचन आचारसंहिता विपरित नहुने पनि दावी गरे ।

उनले राष्ट्रिय गौरवको आयोजनालाई उच्च प्राथमिकता दिएर सरकारले ल्याउन लागेको बजेटमा आफ्नो पार्टीको पूर्ण साथ रहेको समेत बताए । राणले राष्ट्रिय आवश्यक्ता अनुसार आउन लागेको बजेटलाई कसैले पनि विवादको विषय बनाउनु पर्ने आवश्यक्ता नरहेको तर्क गरे ।

वरिष्ठ नेता राणाले मधेशको मागलाई सम्बोधन गरेर दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य चुनौति रहेको बताए ।

‘चुनाव चिह्न हलो छोड्नु पराजयको कारण’

जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताए ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा नेता राणाले आगामी निर्वाचनका लागि पार्टीले उचित निर्णयका साथ चुनावी रणनीति अपनाउनुपर्ने बताउँदै देशमा तत्कालै संसदीय निर्वाचन पनि आवश्यक रहेको धारणा राखे ।

वरिष्ठ नेता राणाले केही दिनमै गठन हुने नयाँ सरकारमा राप्रपाले आफनो सहभागिता जनाउने जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल