बालुवाटार बैठकपछि यस्तो आयो केपी ओलीको प्रतिक्रिया

बालुवाटार बैठकपछि यस्तो आयो केपी ओलीको प्रतिक्रिया

काठमाडौं, जेठ ९– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउने उद्देश्यले स्थानीय तहको संख्या बढाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने–


–कांग्रेस र माओवादी केन्द्रलाई लोकलाज केहि छैन । चुनावकै बीचमा बजेट ल्याउन खोजिन्छ । कसैलाई सरकार छाड्न मन छ । कस्तो विवसता ? कसैलाई प्रम हुनु हतार छ । निर्जज्जताको पनि हत हुन्छ ।
–जहाँजहाँ एमालेले जित्छ त्यहाँत्यहाँ स्थानीय तह परिवर्तन गरिएको छ । त्यसमा एमालेको समर्थन हुन सक्दैन ।

– स्थानीय तह संख्या कुन कानुन र कुन धाराका आधारमा गरिएको भनि बैठकमा प्रश्न राख्यौं |
–कति तह बढाउने/घटाउने भन्नेमा संवैधानिक तबलरले विधि र प्रक्रियामार्फत जानुपर्छ । सरकारमा गएपछि कानुन नलाग्ने संविधान मान्नुनपर्ने ?
–अहिले निर्वाचन प्रभावित हुने गरी सरकारले केहि पनि गर्न हुन्न । बजेट ल्याउन मिल्दैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल