प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनको समय सर्‍यो

प्रधानमन्त्रीले संसदमा गर्ने विशेष सम्बोधनको समय सर्‍यो

काठमाडौ, जेठ ९ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मंगलबार दिउँसो १ बजे गर्ने भनिएको विशेष सम्बोधनको समय संशोधन भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद र दलहरुवीचको बैठककका कारण समय संशोधन गरी दिउँसो ३ बजेका तय गरिएको छ ।
यसअघि प्रचण्डले दिउँसो १ बजे सम्बोधन गर्ने समय तय भएको थियो । अहिले बालुवाटारमा कांग्रेस एमालेका नेताहरुसग बैठक चलिरहेको छ । त्यसलगत्तै १ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । संसदमा विशेष सम्बोधन गरेर प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्ने सम्भावना छ ।

यसैबीच संसद बैठक पनि तीन बजेसम्मको लागि स्थगित भएको संसद  सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल