त्यो एक गल्ती जसले लिएको थियो सात करोड मानिसको ज्यान

त्यो एक गल्ती जसले लिएको थियो सात करोड मानिसको ज्यान

कमल वर्मा/एजेन्सी

जेठ ९ – विश्व इतिहासमा अमेरिकाको दादागिरी जगजाहिर छ । तर एक समय यस्तो पनि थियो जब विश्वमा दादागिरी देखाउने यसै अमेरिकालाई जापानले तहसनहस पारेको थियो । जापानको लडाकू विमानले एक घण्टा भित्रै अमेरिकाको आकाशलाई कालो धुँवाले भरिदिएको थियो । अचानक भएको यो हमलाका लागि अमेरिका न त तयार थियो न नै यसले कहिले यस्तो हमलाको कल्पना गर्न सक्थ्यो । यति मात्र होइन, उक्त हमला अमेरिकाका लागि निकै अचम्मित पारिदिने किसिमको थियो किनभने हमलाको एक दिन पहिले मात्र वासिङ्टनमा जापानी प्रतिनिधीहरुको अमेरिकी विदेश मन्त्री कार्डेल हलसँग जापानमा लागेको आर्थिक प्रतिबन्धलाई समाप्त गर्ने विषयमा निकै सकारात्मक छलफल भएको थियो ।

एक गल्ती र गयो करोडौंको ज्यानः

यो हमला पछि दोस्रो विश्वले नयाँ मोड लिएको थियो । सन् १९३९ सेप्टेम्बर १ देखि सन् १९४५ को सेप्टेम्बर २ तारिखसम्म चलेको यो युद्धमा जापानको एक गल्तीका कारण करिब सात करोड मानिसको ज्यान गएको थियो । यो युद्धमा ७० देशको थल–जल वायुसेना संलग्न भएको थियो । पूरा विश्व त्यतिबेला मित्र राष्ट्र र धुरी राष्ट्रबिच बाँडिएका थिए । यो युद्धमा विभिन्न राष्ट्रको लगभग १० करोड सैनिकले भाग लिए जसका कारण यो मानव इतिहासको सबैभन्दा घातक युद्ध साबित भयो ।

हमलाको पछाडि जापानको रोषः

वास्तवमा जापान अमेरिकासँग रिसाएका कारण उक्त हमला गरेको थियो  किनभने अमेरिकाले जापानमाथि प्रतिबन्ध लगाएको थियो भने चीनलाई मित्र सेना प्रदान गरेको थियो । यी दुई कारण देखाएर जापानले अमेरिका विरुद्ध युद्धको घोषणा गरेको थियो । त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति फ्रैंकलिन रुजवेल्टले पनि जापानविरुद्ध लडाईंको घोषणा गरेका थिए ।

जापानले चुकाउनु पर्यो ठूलै मूल्यः

अमेरिकाको नेवल बेसमा भएको उक्त हमलाले अमेरिकालाई ध्वस्त बनायो । पर्ल हार्बरमा भएको यो हमलाको अन्त्य चार वर्षपछि हिरोसिमा र नागासाकीमाथि भएको परमाणु हमलासँगै भएको थियो । पर्ल हार्बरमाथि गरिएको हमलाको जापानले निकै भारी मूल्य चुकाउनु पर्यो जसबाट जापानले अहिलेसम्म पनि पार पाउन सकेको छैन । पर्ल हार्बरलाई त अमेरिकाले हमलाको एक वर्ष पछि नै तयार गर्यो । एक वर्षपछि नै यो बंदरगाह अमेरिकाको प्रशान्त महासागरको हेडक्वार्टर बन्यो तर जापानलाई आफ्नो दुबै शहर बसाउनमा वर्षौं लाग्यो ।

पर्ल हार्बरका कारण दोस्रो विश्व युद्धमा होमिएको थियो अमेरिकाः

जापानी नौसेनाद्वारा सन् १९४१ को डिसेम्बर ८ तारिखमा अमेरिकाको नौसैनिक बेस पर्ल हार्बरमाथि भएको यो हमलाका कारण नै अमेरिका दोस्रो विश्वयुद्धमा होमिएको थियो । यो हमलामा अमेरिकाको नौसैनिक वायुकेन्द्र र एक बंदरगाह पूर्ण रुपमा ध्वस्त भएको थियो । यो हमलामा अमेरिकाका ठूला ९ जहाज डुबे र २१ जहाज पूर्ण रुपमा क्षतीग्रस्त भयो । २१ मध्ये ती पूर्ण रुपमा बेकार भइसकेको थियो । मृत्यु हुनेको कुल संख्या २ हजार ३ सय ५० थियो जसमा ६८ नागरिक समावेश थिए र १ हजार १ सय ७८ घाइते भएका थिए । पर्ल हार्बरमा मृत्यु हुने सैनिकमध्ये १ हजार १ सय ७७ जना एरिजोनाका थिए । यो हमलामा जापानका ३ सय ५० विमानमध्ये २९ वटा नष्ट भएको थियो ।

सूचना हुँदासमेत विफल भएको थियो अमेरिकाः

जापानी नौसेनाको विमान र साना पनडुब्बलिे अमेरिकामा एक हमला सुरु गर्यो । अमेरिकीले पहिले नै जापानको कोडलाई बुझिसकेका थिए र उक्त हमला हुनुभन्दा पहिले नै उनीहरुलाई एक सुनियोजित हमलाबारे थाहा थियो । सन्देशलाई बुझ्न कठिन भएका कारण, हमला हुनुभन्दा पहिले अमेरिका, जापानद्वारा टार्गेट स्थानलाई पहिचान गर्न विफल भएका थिए ।

अमेरिकाले सुरु गरेको थियो बेजोड हमलाः

पर्ल हार्बरको हमलाबाट सशंकित अमेरिकाले त्यसपछि फिलिपिन्स, ब्रिटेनको अधिनमा रहेको मलाया, सिंगापुर तथा हंगकंगमाथि बेजोड हमला गरेको थियो । उक्त हमला वास्तवमा जापानको ध्यान भड्काउनका लागि गरिएको थियो । जतिबेला अमेरिकाले यी देशलाई निशाना बनाएको थियो त्यतिबेला जापान दक्षिण पूर्वी एशियामा यूके, नेदरल्याण्ड तथा अमेरिकाको अधिकृत क्षेत्रमा सैनिक कारवाही गर्ने योजना बनाइरहेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल