बालुवाटारको शीर्ष बैठकमा किन पुगे महरा ?

बालुवाटारको शीर्ष बैठकमा किन पुगे महरा ?

काठमाडौं, जेठ ९– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी तीन दलका शीर्ष नेताहरुको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महरा र अर्थसचिव शान्तराज सुवेदी समेत पुगेका छन् ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे चासो राखेपछि त्यसबारे स्पष्ट पार्न महरा र सुवेदी पुगेका हुन् । बैठकमा महराले निर्वाचन आचारसंहितालाई प्रतिकूल नहुने गरी जेठ १५ गते नै पूर्ण आकारको बजेट ल्याउने गरी मन्त्रालय जुटेको बताएका थिए ।
बैठकपछि महराले संविधानअनुसार जेठ १५ गते नै पूर्ण आकारको बजेट ल्याउने गरी आफू लागिपरेको र बजेटमा निर्वाचन आचार संहिता प्रतिकुल नहुने कुनैपनि कार्यक्रम समावेश नगरिने प्रष्टिकरण दिएका थिए ।

यस्तै अर्थसचिव सुवेदीले पनि बजेट निर्माणका सम्बन्धमा जानकारी गराएका थिए ।
स्थानीय तह थपिएको भोलिपल्ट बालुवाटारमा केपी ओलीसहितको बैठक

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल