अबको दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ नयाँ सरकार गठन प्रक्रिया

अबको दुई सातामा देउवा प्रधानमन्त्री, यस्तो छ नयाँ सरकार गठन प्रक्रिया

काठमाडौं, जेठ ९– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिने भएसँगै देशले अबको दुई साताभित्र नयाँ प्रधानमन्त्री पाउनेछ ।

कांग्रेस– माओवादीबीच प्रचण्ड नेतृत्वको सरकार गठनताका भएको सहमतिअनुसार अब कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । सोहि सहमति कार्यान्वयका लागि नै प्रचण्डले पदबाट राजीनामा दिन लागेका हुन् ।
राजीनामा दिनुअघि प्रचण्डले संसदमा दिउँसो एक बजे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेबी भण्डारीले सबैभन्दा पहिले विगतको परम्परालाई समेत आधार मान्दै राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गर्नेछिन् । राष्ट्रपतिले त्यस्तो सरकार गठनका लागि सात दिनको समयसीमा दिनेछिन् ।
राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि दिएको समयसीमा सरकार गठन हुन नसके राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

बहुमतिय प्रक्रियामा गएपछि संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ ।

संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल