आरियाना ग्रान्डेले म्यान्चेस्टर कन्सर्टको बम बिस्फोटबारे भनिन्, ‘मसँग शब्द नै छैनन्’

आरियाना ग्रान्डेले म्यान्चेस्टर कन्सर्टको बम बिस्फोटबारे भनिन्, ‘मसँग शब्द नै छैनन्’

एजेन्सी

जेठ ९ – आरियाना ग्रान्डेले सोमबार राती म्यान्चेस्टर एरिनामा आयोजित आफ्नै कन्सर्टमा भएको बम बिस्फोटबारे  टिप्पणी दिएकी छिन् ।

‘भित्री मनदेखि नै क्षतविक्षत भएकी छु । मलाई माफ गरिदिनुहोस् । मसँग शब्द नै छैनन्,’ पुलिसले मृतक र घाइतेको संख्या पुष्टि गरेपछि ग्रान्डेले ट्वीट गरिन् ।

चिफ कन्स्टेबल इयान होप्किन्सले उक्त धमाका स्थानीय समयनुसार १०ः३३ मा भएको हो । ग्रान्डेको ‘डेन्जरस वुमन शो’ को टिकट अफिस नजिकै उक्त बम बिस्फोट भएको हो ।

‘यसबारे विस्तृत जानकारी नआएसम्म हामीले यसलाई आतंककारी हमलाको संज्ञा दिएका छौं,’ होप्किन्सले पत्रकार सम्मेलनमा भने । ‘घाइतेहरुको ६ वटा अस्पतालमा उपचार भइरहेको छ । हामीले उहाँहरुको सक्दो सहयोग गरिरहेका छौं ।’

‘आरियाना सुरक्षित छिन्,’ उनका एक प्रतिनिधीले जानकारी दिए । ‘घटनाबारे थप जानकारी लिने क्रममा छौं । ’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल