जेठ १५ मा पूर्ण आकारकै बजेट ल्याउने सरकारको तयारी

जेठ १५ मा पूर्ण आकारकै बजेट ल्याउने सरकारको तयारी

काठमाडौ, जेठ ८ – सरकारले जेठ १५ गते पूर्ण आकारको बजेट आउने स्पष्ट पारेको छ । उपप्रधामन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते पूर्ण आकारको बजेट ल्याउने बताएका हुन् । उनले निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नहुने स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेटबारे छलफल गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले राजनीतिक सहमतिकै आधारमा बजेट पूर्ण आकारमै ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।
अर्थमन्त्री महराले बजेटले संविधान कार्यान्वयन, तीनवटै तहको निर्वाचन र राष्ट्रिय महत्वका आयोजनाहरुलाई निरन्तरता दिने पनि बताए । ‘स्थानीय तहलाई अधिकार सम्पन्न गराउन पनि बजेटले प्राथमिकता दिन्छ’ महराको भनाई छ ।

अर्थ मन्त्रायलयले राष्ट्रिय पुनर्निमाणको काम र राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी ढंगले अघि बढाउन पनि बजेटमा व्यवस्था गरिने जनाएको छ । अर्थमन्त्री महराले पूँजिगत खर्च यस वर्ष बढेको पनि जानकारी दिएका छन् । महराले राजनीतिक सहमति कायम गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन बजेटले सहयोग गर्ने दावी समेत गरेका छन् ।

अर्थ मन्त्रालयले प्रशासनिक पुनर्संरचनाका लागि पनि आवश्यक बजेट विनियोजन गर्नेछ ।

अर्थसचिव शान्तराज सुवेदीले आगामी जेठ १५ गते आउने वजेट बार्षिब वजेट भएको वताए । उनले सरकारी निजी क्षेत्रवीचको सहकार्यमा जोड दिने काम वजेटमा रहेको वताए । चालु आवमा पुँजीगत खर्च विगतका बर्षका तुलनामा निक्कै राम्रो भएको भन्दै आगामी वर्ष अझ पुँजीगत खर्चमा वृद्धि हुने वताए । ‘स्थानिय निकायको निर्वाचनपछि अव पुँजीगत भन्दा चालु खर्च वढेको देखिने छ ’, उनले भने, ‘स्थानिय निकायको सवै खर्च चालु भित्रै रहने भएकाले त्यो वढी देखिन्छ ।’उनले वजेटले पूर्ननिर्माणमा जोड दिने वताए । अहिले पुँजीगत खर्चको २६ प्रतिशत वजेट पूर्ननिमार्ण प्राधिकरणकै नाममा निकासा भएको पनि सचिव सुवेदीले वताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल