चुनावी मतपरिणामलाई नेप्सेको ‘लाल सलाम’, दोहोरो अंकको गिरावट

चुनावी मतपरिणामलाई नेप्सेको ‘लाल सलाम’, दोहोरो अंकको गिरावट

काठमाडौं, जेठ ७–पहिलो चरणको स्थानिय निकायको निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिमतिर पुग्नै लाग्दा साताको पहिलो दिन आइतबार नेपालको पुँजी बजार भने दोहोरो अंकले झरेको छ । जनप्रतिनिधी चयन भैरहेको महोलमा पनि नेपाल स्टक एक्सजेन्ज (नेप्से) भने ओरालो लाग्दै गएपछि निर्वाचन परिणामलाई पुँजी वजारले ‘लाल सलाम’ गरेको प्रष्ट भएको छ ।
नेप्सेका अनुसार आज बजार १६ दशमलव ६३ अंकले ओर्लिको हो । यो सँगै बजार एक हजार ६ सय २७ दशमलव २४ अंकमा पुगेर अडिएको छ । एक सय ४६ कम्पनीको ११ लाख ९७ हजार एक सय ३२ कित्ता सेयर कारोवार भएको आज वजारमा ६८ करोड १९ लाख ४३ हजार ७ सय ४३ रुपैयाँको कारोवार भएको छ ।
आज बैकिङ समूहको सूचक १८ दशमलव ६९ अंकले घटेको छ भने होटल समूहको सूचक ४९ दशमलव ६९ अंकले घटेको नेप्सेले जनाएको छ । यस्तै, विकास बैंक समूहको सूचक १५ दशमलव २३ अंकले घट्दा जलविद्युत समूहको सूचक २२ दशमलव २३ अकं, फाइनान्स कम्पनीको सूचक ६ दशमलव ५१ अंक र बीमा समूहको सूचक एक सय ४ दशमलव ८७ अंकले घटेको छ । आज उत्पादनमुलक समूहको सूचक ५४ दशमलव ४६ र अन्य समूहको सूचक ० दशमलव ८७ अंकले वढेको नेप्सेले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल