त्रिपुरासुन्दरी मन्दिर निर्माण

भदौ १९

त्रिपुरासुन्दरी मन्दिर निर्माण

dolpa_districtडोल्पा, — नेपालका लागि भारतीय राजदूत रणजित रायले त्रिपुराकोट गाविसस्थित वडा नं १ मा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिरको आज उद्घाटन गरेका छन् ।

भारत सरकारको घकरोड ३३ लाख ५९ हजार ५०४ सहयोगमा दुई वर्षअघि मन्दिर निर्माण सुरु गरिएको थियो । भारत सरकारकै सहयोगमा सुँ गाविसस्थित रङ्गमा विद्यालय पनि निर्माण भइरहेको छ । सो अवसरमा राजदूत रायले डोल्पाजस्तो विकट जिल्लामा यत्तिको पक्की मन्दिर पुनःनिर्माण गर्नु प्रशंसनीय भएको बताउँदै डोल्पासम्म सडक सञ्जालको सुविधा मात्रै पुगे विकासको लहर आउने विश्वास व्यक्त गरे ।

मन्दिर पुनःनिर्माण त्रिपुरासुन्दरी अक्षयकोष समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले प्रचुर पर्यटकीय सम्भावना बोकेको सो मन्दिर नेपालकै प्रमुख शक्तिपीठ भएकाले यसको प्रचारप्रचारमा सरकारले ध्यान दिनुपर्ने बताउँदै डोल्पासम्म सडक सञ्जालको पहँुचको विस्तार हुन सके लाखौँको सङ्ख्यामा भारतीय तथा नेपाली धार्मिक पर्यटक भित्र्याउन सकिने सम्भावना व्यक्त गरे।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल