लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, सशक्त निकाय वनाउने प्रतिवद्धता

लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी, सशक्त निकाय वनाउने प्रतिवद्धता

काठमाडौं, जेठ ४– उद्योग मन्त्री नविन्द्रराज जोशी लगानी वोर्डको उपाध्यक्षमा नियुक्त भएका छन् । सरकारले बुधबार उनलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
नव नियूक्त उपाध्यक्ष नविन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरि ठुलापुर्वाधार परियोजनाहरु प्रभावकारी ढंगले अगाडि बढाउन एउटा सशक्त निकायको रुपमा स्थापित गर्ने वताएका छन् ।
मन्त्री जोशीको सम्मानमा लगानी बोर्र्डको कार्यालयले बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन् ।
उनले लगानी बोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीले रोजगारी, राजश्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदान बारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्ने वताए । लगानीबोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संसोधन गर्नुपर्ने भए त्यसको लागि पनि आफ्नो तर्फबाट आवश्यक सहयोग हुने आश्वासन समेत उनले व्यक्त गरे ।
उक्त अवसरमा उद्योग सचिव शंकर प्रसाद कोईरालाले पुँजीगत खर्च कम हुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानी बोर्डले अगाडि बढाएका परियोजनाको सहज कार्यान्वयनमा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल