अन्तर्राष्ट्रिय वजारको प्रभावः निगमको नाफा थपिँदै

अन्तर्राष्ट्रिय वजारको प्रभावः निगमको नाफा थपिँदै

काठमाडौं, जेठ ४–अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि नेपाल आयल निगमको नाफा समेत उकालो लागेको छ । भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मुल्य विवरण अनुसार मासिक नाफामा वृद्धि भएको हो ।
आइओसीले १५ मे मा पठाएको मुल्य विवरण अनुसार निगमको नाफा करिव २० करोड रुपैयाँ पुग्ने अनुमान छ । गत १ मे मा पठाएको मुल्य विवरण अनुसार निगमलाई ७ करोड ३४ लाख रुपैयाँ नाफा थियो । निगमलाई डिजेल र एलपी ग्यास वाहेक अरुमा नाफा रहेकाले पनि नाफा वढेको देखिएको छ ।

गत मे १ तारिखमा आइओसीले पठाएको मुल्य विवरण अनुसार पेट्रोलमा मात्र कुल ७ करोड ३७ लाख रुपैयाँ थियो ।
यस्तै, गत १ मे मा पठाएको मुल्य विवरण अनुसार निगमलाई मट्टितेलमा १ करोड ४५ लाख, आन्तरिक हवाई इन्धनमा कुल २ करोड ३४ लाख अन्तर्राष्ट्रिय हवाइ इन्धनमा १० करोड ५ लाख रुपैयाँ कुल नाफा थियो । तर, निगमलाई सो समय पठाएको विवरण अनुसार एलपी ग्यासमा ८ करोड १४ लाख र डिजेलमा ५ लाख ७४ लाख रुपैयाँ घाटा छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल