दश बीमा कम्पनीलाई लाइसेन्स स्वीकृती, यी हुन् अनुमति पाउने कम्पनी

दश बीमा कम्पनीलाई लाइसेन्स स्वीकृती, यी हुन् अनुमति पाउने कम्पनी

काठमाडौं, जेठ ४–अर्थ मन्त्रालयले दश नयाँ बीमा कम्पनीलाई बीमाको काम गर्न स्वीकृती प्रदान गरेको छ । मन्त्रालयले बीमा समितलाई १० वटा नयाँ जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमतिका लागि स्वीकृती प्रदान गरेको हो ।

बीमा समितिमा लाइसेन्सको माग गरेका सिटिजन लाइफ इन्स्योरेन्स, स्टार, सन नेपाल, सानिमा, रिलायन्स, रिलायवल लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिने बीमा समितिले जनाएको छ । यस्तै, आइएमई लाइफ इन्स्योरेन्स, महालक्ष्मी, ज्योती र युनियन लाइफ इन्स्योरेन्सलाई समितिले लाइसेन्स प्रदान गर्नेछ । स्ट्यान्डर्ड र यूनिलाइफले भने अनुमति नपाएको जनाइएको छ । सरकार परिवर्तन हुनै लाग्दा अर्थमन्त्री कृष्णवहादुर महराले स्वीकृतीको निर्णय गरेका हुन् ।

बीमा समितले अहिले बीमा कम्पनीहरुको पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ । नयाँ बीमा कम्पनीले लाइसेन्स पाएपछि अव जीवन बीमा कम्पनीको संख्या १९ पुग्ने छ । यसअघि नै ९ वटाले काम गरिरहेका छन् । लामो समय रोकिएर रहेको बीमा कम्पनीको लाइसेन्स वितरणलाई सहज वनाएको बीमा समितिले जनाएको छ । यसले बीमाको सुविधा लिन चाहाने नागरिकलाई थप सहजता हुने जनाइएको छ ।

समितिका अध्यक्ष चिरञ्जीवि चापागाइले बीमा वजारलाई थप प्रतिश्पर्धी वनाउन नयाँ अनुमति प्रदान गरेको बताए । यसले आम नागरिकमा बीमाको पहुँच पु¥याउन पनि सहज हुने जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल