हुण्डी कारोबार गर्ने पाँच पक्राउ

हुण्डी कारोबार गर्ने पाँच पक्राउ

धनुषा, जेठ ४– अबैध रुपमा हुण्डीको कारोबार गर्ने पाँच जना पक्राउ परेका छन् । रघुनाथपुर–४ बस्ने बिष्णु देव राउत सहित ५ जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनहिरुको साथबाट प्रहरीले ५ थान ल्यापटप, नगद ५४ लाख २५ हजार रुपैयाँ बरामद गरेको छ ।

यसैबिच पर्साको पोखरिया नगरपालिका–३ स्थित भोला यादवको घरबाट प्रहरीले ४५ केजी अवैध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लंगडीबाट खटिएको प्रहरी टोलीले ५ ओटा सेतो बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो । गाँजा कारोवारमा संलग्न यादव फरार रहेको र उनको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल