सीमावर्ती क्षेत्रमा जिप दुर्घटना हुदा भारतीय नागरिकको मृत्यु

सीमावर्ती क्षेत्रमा जिप दुर्घटना हुदा भारतीय नागरिकको मृत्यु

सन्जय मिश्र
रौतहट, जेठ ३ –जिल्लाको सिमावर्ती क्षेत्रमा बुधवार साँझ भएको जिप दुर्घटनामा एकजना भारतीयको मृत्यु भएको छ भने, अन्य १० जना गम्भीर भएको छ ।

स्थानीय सगैया गाउँबाट बिहेको कुरो छिनेर घर तर्फ फर्की रहेको बिआर ३० पि ७४२५ नम्बरको जिप साझ साढे ६ बजे बन्कुल छेउ भकुआ पुल नजिकै बाटो को करिव आठ १० फिट तल झरेको थियो ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने जिपमा सवार अन्य १० जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृस्न भण्डारीले बताएका छ्न ।

घाइते सबैईको जिल्ला अस्पताल गौरमा उपचार भैईरहेको डिएसपी भण्डारी ले जान्कारी दिएका छन ।

दुर्घटनामा परेका सबै भारत बिहार मोतिहारी जिल्ला हरपुर घर भएको बताईए पनि हल सम्म नाम खुल्न न सकेको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा गैईरहेको जिपको ब्रेक फेल भएर बाटो तल झरेको प्रहरीको अनुमान रहेको र घटना बारे थप अनुसन्धान भैईरहेको जिल्ला प्रहरी रौतहट ले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल